तनहुँ जलविद्युत्काे २२० केभी प्रसारण लाइन निर्माण ८२ प्रतिशत पूरा
जलसरोकार
दमौली : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको दमौली–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति लिएको छ। प्रसारण लाइनको हालसम्म करिब ८२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भइरहेको ३५ किलोमिटर लामो प्रसारण लाइनका ९४ टावरमध्ये ८३ वटाको जग निर्माण सम्पन्न भइसकेको छ। त्यसमध्ये ८० वटा टावर खडा गरिसकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रुख कटानको अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणले थप गति लिएको उनले बताए। अनुमति अभावमा रोकिएका तथा प्रभावित काम अघि बढाउन सहज भएपछि विभिन्न स्थानमा एकैसाथ निर्माणका काम अगाडि बढाइएको छ।
हाल प्रसारण लाइनअन्तर्गत टावरको जग निर्माण, टावर खडा गर्ने, आवश्यक स्थानमा टावर संरक्षण गर्ने तथा तार तान्ने काम भइरहेको छ। चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिका क्षेत्रमा तार तान्ने काम जारी रहेको छ। हालसम्म करिब दुई किलोमिटर तार तानिसकिएको भण्डारीले बताए।
प्रसारण लाइन निर्माणको ठेक्का चरण–३ अन्तर्गत भारतको केइसी इन्टरनेशनलले पाएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण भइरहेको हो।
वन क्षेत्रमा प्रवेश तथा रुख कटानसम्बन्धी अनुमति प्राप्त भएपछि निर्माणका लागि आवश्यक काम अघि बढाउन सहज भएको आयोजनाले जनाएको छ। अहिले विभिन्न स्थानमा टावर निर्माण, टावर खडा गर्ने र तार तान्ने कामलाई एकैसाथ अघि बढाइएको छ।
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणसँगै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आवश्यक प्रसारण पूर्वाधार निर्माणलाई पनि आयोजनाले प्राथमिकतामा राखेको छ। दमौली–भरतपुर २२० केभी प्रसारण लाइन त्यसैको महत्त्वपूर्ण पूर्वाधारका रूपमा निर्माण भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ
-
तनहुँ जलविद्युत्काे २२० केभी प्रसारण लाइन निर्माण ८२ प्रतिशत पूरा
-
पश्चिमी वायुको प्रभाव बढ्दा देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना
-
एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
-
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
-
सुन र चाँदी दुवैको मूल्य घट्दा आज कतिमा हुँदैछ बजारमा किनबेच ?