सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक नेपाल विद्युत प्राधिकरण सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई दैनिकीमा सहजता

जलसरोकार
आइतबार, कात्तिक ३०, २०८२ | ०९:०८:५३ बजे

 

भोजपुर,: षडानन्द नगरपालिका–७ र ११ लाई जोड्ने खकुवाखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीको वर्षौँदेखिको समस्या अन्त्य भएको छ। ज्यानको जोखिम मोलेर काठको फड्केबाट खोला पार गर्दै आएका स्थानीयलाई अब सहज रूपमा आवतजावत गर्न सकिने भएको हो ।

स्थानीय चतुरमाया मगरका अनुसार, बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसक्ने र कतिपय दिन खेतमै बास बस्नुपर्ने अवस्था थियो । “उर्लिँदो भेल तरेर खेत आउनु–जानु निकै जोखिमपूर्ण थियो,” उनले भने,“अब झोलुङ्गे पुल बनेपछि त्यो समस्या समाप्त भएको छ।”

यस्तै, स्थानीय दीपबहादुर मगरले पनि पुल बनेपछि दैनिक जीवन सहज बनेको बताउनुभयो। विशेष गरी बर्खामा खोला तर्न ठूलो कठिनाइ हुने गरेको उल्लेख गर्दै उनले भने,“यो पुलले दुई वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।”

रु ४८ लाख १२ हजार ८२५ लागतमा निर्माण भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले जानकारी दिए । स्थानीयको दीर्घकालीन समस्या समाधान गर्न पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । उनका अनुसार नगरपालिकाभित्र आवश्यक अन्य झोलुङ्गे पुलको आवश्यकतामाथि तथ्याङ्क संकलन गरी योजनाबद्ध रूपमा निर्माण कार्य अघि बढाइनेछ।

प्रकाशित मिति : आइतबार, कात्तिक ३०, २०८२ | ०९:०८:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया