खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई दैनिकीमा सहजता
जलसरोकार
भोजपुर,: षडानन्द नगरपालिका–७ र ११ लाई जोड्ने खकुवाखोलामा ८० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीको वर्षौँदेखिको समस्या अन्त्य भएको छ। ज्यानको जोखिम मोलेर काठको फड्केबाट खोला पार गर्दै आएका स्थानीयलाई अब सहज रूपमा आवतजावत गर्न सकिने भएको हो ।
स्थानीय चतुरमाया मगरका अनुसार, बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसक्ने र कतिपय दिन खेतमै बास बस्नुपर्ने अवस्था थियो । “उर्लिँदो भेल तरेर खेत आउनु–जानु निकै जोखिमपूर्ण थियो,” उनले भने,“अब झोलुङ्गे पुल बनेपछि त्यो समस्या समाप्त भएको छ।”
यस्तै, स्थानीय दीपबहादुर मगरले पनि पुल बनेपछि दैनिक जीवन सहज बनेको बताउनुभयो। विशेष गरी बर्खामा खोला तर्न ठूलो कठिनाइ हुने गरेको उल्लेख गर्दै उनले भने,“यो पुलले दुई वडाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।”
रु ४८ लाख १२ हजार ८२५ लागतमा निर्माण भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले जानकारी दिए । स्थानीयको दीर्घकालीन समस्या समाधान गर्न पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । उनका अनुसार नगरपालिकाभित्र आवश्यक अन्य झोलुङ्गे पुलको आवश्यकतामाथि तथ्याङ्क संकलन गरी योजनाबद्ध रूपमा निर्माण कार्य अघि बढाइनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता