कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, माघ १६ देखि परीक्षण
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरेको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण पूरा भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार निर्माण सम्पन्न भइसकेको उक्त प्रसारण लाइनलाई अब तत्कालै राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । त्यसका लागि बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेत जिल्लाको सुब्बाकुना सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी माघ १६ गतेदेखि परीक्षण सुरु गरिनेछ ।
प्रवक्ता ढकालले परीक्षणपश्चात् प्रसारण लाइन नियमित सञ्चालनमा ल्याइने जानकारी दिँदै परीक्षण अवधिमा सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरे । उनका अनुसार प्रसारण लाइनका टावरमा नचढ्न, कुनै वस्तु नछुन, टावर वरिपरि नजान, गाईवस्तु र बालबालिकालाई टावर नजिक जान नदिन तथा खतरा सङ्केत राखिएका विद्युत् संरचनालाई नछुन अनुरोध गरिएको छ ।
त्यस्तै, परीक्षणका क्रममा कुनै स्थानमा झिल्का देखिएमा वा अन्य जोखिमपूर्ण अवस्था देखा परेमा तत्काल नेपाल विद्युत् प्राधिकरण वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य