खिम्ती-२ जलविद्युत् आयोजनाकाे निर्माण अन्तिम चरणमा, ६ देखि ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
जलसरोकार
काठमाडौं: दोलखा जिल्लामा निर्माण ४८.८ मेगावाट क्षमताको खिम्ती-२ जलविद्युत् आयोजनाकाे काम तीव्र गतिमा अगाडि बढ्दै अन्तिम चरणमा पुगेकाे छ । आयोजना स्रोतका अनुसार हालसम्म भूमिगत संरचना, सुरुङ, पेनस्टक तथा विद्युत्गृहका अधिकांश काम पूरा भइसकेका छन् भने बाँकी प्राविधिक कामहरु आगामी ६ देखि ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाले ऊर्जा उत्पादनका लागि आवश्यक सबै प्रमुख संरचनाहरूलाई द्रुत गतिमा अगाडि बढाइरहेको छ। विशेष गरी उप-सुरुङ र मुख्य सुरुङको फिनिशिङ, पावरहाउसभित्र मेकानिकल र इलेक्ट्रो-मेकानिकल संरचना जडान, ट्रान्समिसन लाइन कनेक्टिभिटी तयारी लगायतका कार्यहरू योजनाबद्धरूपमा अघि बढाइँदैछन्।
आयोजना पूरा भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ४८.८ मेगावाट स्वच्छ, भरपर्दो र दीर्घकालीन ऊर्जा थपिनेछ। यसले सिँचाइ, उद्योग, तथा हिउँदे भार व्यवस्थापनमा सहायता पुग्ने भएकाले देशको ऊर्जा सुरक्षामा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।
नेपालले पछिल्ला वर्षहरूमा जलविद्युत् उत्पादन वृद्धिलाई प्राथमिकतामा राख्दै स्वच्छ ऊर्जा निर्यात गर्ने लक्ष्य लिएको अवस्थामा खिम्ती-२ जस्ता आयोजनाहरू महत्वपूर्ण मानिन्छन्। सरकारले पनि निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यमा निर्माण भइरहेको जलविद्युत् परियोजनाहरूलाई समयमै सम्पन्न गर्न विभिन्न नीति-गत तथा प्राविधिक सहयोग पुर्याउँदै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला