बुढीगण्डकी आयोजना निर्माण रोकिँदैन : अध्यक्ष दाहाल
जलसरोकार
गोरखा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण नरोकिने स्पष्ट पारेका छन् ।
गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले “स्रोत सुनिश्चित गरेर आयोजना अघि बढ्दै छ, हालसम्म झण्डै ५० अर्ब रुपैयाँ खर्च भइसकेको छ,” भने, ।
आफू प्रधानमन्त्री रहेका बेला वालुवाटारमा पटक–पटक बहस र छलफल गरी बुढीगण्डकी आयोजना अघि बढाएको स्मरण गर्दै उहाँले उक्त आयोजनाले गोरखासहित सिङ्गो राष्ट्रको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने उल्लेख गरे ।
यसै अवसरमा अध्यक्ष दाहालले पालुङटार नगरपालिका–५, च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी दिनुभयो । चीनको टोलीले स्थल अध्ययन समेत गरिसकेको उनको भनाइ छ ।
एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा निराशा बढेको दाहालले आरोपसमेत लागए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै