बुढीगण्डकी आयोजना निर्माण रोकिँदैन : अध्यक्ष दाहाल
जलसरोकार
गोरखा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण नरोकिने स्पष्ट पारेका छन् ।
गोरखाको पालुङटार नगरपालिका–५, ठाँटी पोखरीमा आज आयोजित जनसंवाद कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले “स्रोत सुनिश्चित गरेर आयोजना अघि बढ्दै छ, हालसम्म झण्डै ५० अर्ब रुपैयाँ खर्च भइसकेको छ,” भने, ।
आफू प्रधानमन्त्री रहेका बेला वालुवाटारमा पटक–पटक बहस र छलफल गरी बुढीगण्डकी आयोजना अघि बढाएको स्मरण गर्दै उहाँले उक्त आयोजनाले गोरखासहित सिङ्गो राष्ट्रको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने उल्लेख गरे ।
यसै अवसरमा अध्यक्ष दाहालले पालुङटार नगरपालिका–५, च्याङ्लीमा कृषि औद्योगिक क्षेत्र निर्माण गर्न चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी दिनुभयो । चीनको टोलीले स्थल अध्ययन समेत गरिसकेको उनको भनाइ छ ।
एमाले नेतृत्वको वर्तमान सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा निराशा बढेको दाहालले आरोपसमेत लागए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी