रसुवागढी नाकामा बेलीब्रिज निर्माण तीव्र, एक महिनाभित्र सकिने अनुमान
जलसरोकार
काठमाडौं: नेपाल–चीन जोड्ने रसुवागढी नाकामा निर्माण भइरहेको बेलीब्रिजको काम तीव्र गतिमा अघि बढिरहेको छ । दैनिक ३०–३५ जना चिनियाँ प्राविधिक तथा कामदारको टोली आधुनिक उपकरण प्रयोग गर्दै उच्च प्राथमिकताका साथ काममा जुटेपछि ‘मितेरी पुल’का रूपमा परिचित यो बेलीब्रिज छिट्टै तयार हुने अवस्था आएको छ ।
गत असारमा ल्हेन्देखोलामा आएको बाढीले अन्तर्राष्ट्रियस्तरको पक्की पुलै बगाएपछि चीन सरकारको सहयोगमा वैकल्पिक रूपमा बेलीब्रिज निर्माण भइरहेको हो । स्थानीयबासी र सुरक्षाकर्मीका अनुसार हालको कार्यगतिका आधारमा अबको एक महिनाभित्र पुल तयार हुने सम्भावना छ ।
चिनियाँ पक्षका अनुसार निर्माण सुरुआतमा नै छिट्टै सक्ने योजना भए पनि लगातार वर्षा, नदीको उच्च बहाव, जडान गरिएको हिमपाइप पटक–पटक बगनु तथा फलामका पत्ता लच्किएर फेरि बदल्नुपर्ने जस्ता कारणले काममा ढिलाइ भएको हो ।
हाल तीनवटा जोमक्रेन सहित पर्याप्त जनशक्ति परिचालन गरिएकाले ‘डिसेम्बर’सम्म पुल तयार भई दुई देशबीच आवतजावत सहज हुने अपेक्षा गरिएको छ । विकट भूगोल र चुनौतीपूर्ण मौसमका कारण अवरोध आए पनि प्राविधिक टोलीले यथासक्य छिटो काम सक्ने बताएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ का अध्यक्ष कामीछिरिङ तामाङका अनुसार हाल देखिएको प्रगति र चीन पक्षको प्राथमिकताले अब एक महिनाभित्र मितेरी पुल निर्माण सम्पन्न हुने विश्वस्तता दिलाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य