कालीगण्डकीको कटान रोकथामका लागि ७० लाख रुपैयाँको तटबन्ध निर्माण
जलसरोकार
म्याग्दी: कालीगण्डकी नदीको कटान तथा बाढीको उच्च जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले रु ७० लाखको लागतमा १५० मिटर क्षेत्रमा तटबन्ध निर्माण गरेको हो।
सेतोढुङ्गादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ कालीगण्डकी नदी किनारमा निर्माण गरिएको उक्त तटबन्धमा ग्याबियन तारजाली प्रयोग गरिएको छ । इञ्जिनियर नरजङ गुरुङका अनुसार, ग्याबियन जालीलाई खिया लाग्न नदिन केही भागमा प्लास्टर गरेर ‘ज्याकेटिङ’ प्रविधि अपनाइएको छ ।
तटबन्ध निर्माणसँगै लामगराका करिब ५० परिवारले सुरक्षित महसुस गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष कमल थापाका अनुसार, तटबन्धले लामगराको बस्ती, सयौँ रोपनी खेतीयोग्य जमिन, लामगरा–मिलनचोक झोलुङ्गे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको ट्याङ्की सुरक्षित राख्न मद्दत पुगेको छ ।
स्थानीय बासिन्दाले लामगरालाई सागसब्जी उत्पादनका लागि प्रमुख ’पकेट क्षेत्र’ का रूपमा विकास गर्दै आएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो