१६ मेगावाट माछाखोला जलविद्युत् आयोजनाको निर्माण गरिँदै
जलसरोकार
गोरखा : जिल्लाको धार्चे गाउँपालिका–५ मा १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। करिब ३ अर्ब रुपैयाँ लागतमा वाटर इनर्जी डेभलपमेण्ट प्रालिले आयोजना निर्माण अघि बढाएको हो।
आयोजनाको हाल सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको छ। हालसम्म करिब ७० मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको आयोजनाका संस्थापक पुष्पराज आचार्यले जानकारी दिए । उनका अनुसार आयोजना ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाअन्तर्गत बाँध रेसे फाँट क्षेत्रमा निर्माण भइरहेको छ भने त्यहाँबाट करिब ३ किलोमिटर लामो सुरुङमार्फत माछाखोला बजार नजिक निर्माण हुने पावर हाउसमा पानी ल्याई विद्युत् उत्पादन गरिनेछ।
उत्पादित विद्युत् करिब २२ किलोमिटर दूरीमा रहेको धादिङको बोराङस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
आयोजनामा कृषि विकास बैंकको नेतृत्वमा तीन वटा बैंकले लगानी गर्ने भएका छन्। निर्माणका लागि आवश्यक जग्गामध्ये करिब १३ रोपनी जग्गा निजी स्वामित्वबाट खरिद भइसकेको छ भने केही सरकारी जग्गा सट्टाभर्ना प्रक्रियामा रहेको आयोजनाले जनाएको छ।
यस आयोजनाबाट स्थानीय क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै राष्ट्रिय विद्युत् उत्पादन क्षमतामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य