आर्थिक वर्ष २०७६-७७ को संकलित वित्तीय विवरण सार्वजनिक : सरकारी सम्पत्ति एक खर्ब १६ अर्ब रुपैयाँ नाघ्यो
जलसरोकार
काठमाडौं: नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७६:७७ को संकलित वित्तीय विवरण सार्वजनिक गरेको छ । महालेखा नियन्त्रक श्री गोपालराज पौड्यालको कार्यकालमा तयार पारिएको उक्त विवरण नेपाल सरकारको लेखापरीक्षण भएपछि सार्वजनिक गरिएको हो ।
कार्यालयका अनुसार २०७६÷७७ सालको संकलित वित्तीय विवरणमा नेपाल सरकारका सबै आर्थिक क्रियाकलाप, मन्त्रालय, विभाग, आयोग, समितिहरूका खर्च, आम्दानी, ऋण तथा अन्य वित्तीय कारोबारको सारांश समेटिएको छ। सो विवरण लेखापरीक्षण भइसकेको नेपाल सरकारको स्वीकृत सार्वजनिक लेखाजोखा हो।
विवरणमा उल्लेख भएअनुसार उक्त आ.व.मा नेपाल सरकारको स्वीकृत सार्वजनिक लेखाजोखाअनुसार जम्मा १ खर्ब १६ अर्ब ५४ करोड ५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिन्छ । यस अवधिमा नेपाल सरकारको दायित्व ९५ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ र स्वतन्त्र इक्विटी (शुद्ध सम्पत्ति) २० अर्ब ९६ करोड २७ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
यस्तै, विभिन्न कोष, निष्क्रिय निक्षेप र अन्य खाताहरूमा जम्मा रु ६५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको मौज्दात रहेको पनि विवरणमा जनाइएको छ।
महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक तथा प्रवक्ता दिपक लामिछानेद्वारा जारी विज्ञप्तिमा आगामी आर्थिक वर्षहरूमा वित्तीय विवरण तयार पार्ने र सार्वजनिक पारदर्शिताको अभ्यासलाई अझ सुदृढ पारिने उल्लेख गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो