कालीगण्डकी–रिडी १३२ केभी प्रसारण लाइनका प्रभावित जग्गाधनीलाई क्षतिपूर्ति भुक्तानी प्रक्रिया अघि बढ्यो
जलसरोकार
पाल्पा: नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी–रिडी १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रभावित जग्गाधनीलाई क्षतिपूर्ति भुक्तानीका लागि प्रक्रिया सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बगनासकाली गाउँपालिका–६ र ७ तथा तानसेन नगरपालिका–१३ र १४ भित्र पर्ने प्रसारण लाइन मार्गअन्तर्गतका जग्गाधनीहरूलाई क्षतिपूर्ति लिन आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको हो ।
प्रशासनका अनुसार निर्माणाधीन प्रसारण लाइनको मध्यरेखादेखि दायाँ नौ मिटर र बायाँ नौ मिटर गरी जम्मा १८ मिटर चौडाइको क्षेत्रमा पर्ने जग्गा तथा उक्त क्षेत्रका बोटबिरुवाको क्षतिपूर्ति विद्युत् नियमावली, २०५० को नियम ८८(१) बमोजिम गठन गरिएको क्षतिपूर्ति निर्धारण समितिले तय गरेको छ ।
उक्त अनुसार, विद्युत् ऐन, २०४९ को दफा ३३ (१), (२) र (३) अनुसार सरोकारवालाको जानकारीका लागि सूचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ — क्षतिपूर्ति भुक्तानीका लागि सम्बन्धित जग्गाधनीहरूले श्रेस्ता प्रमाण पुर्जाको प्रतिलिपि, चालु आर्थिक वर्षको तिरो तिरेको रसिद, नागरिकताको प्रतिलिपि र संबन्धित वडा कार्यालयको सिफारिस सहित आयोजनाको कार्यालय मिर्मीमा शीघ्र निवेदन दिनु पर्नेछ ।
त्यस्तै, तोकिएको मार्गाधिकार क्षेत्रमा कुनै पनि प्रकारको भौतिक संरचना निर्माण गर्न वा रुख–बिरुवा रोप्न नपाइने प्रशासनले स्पष्ट पारेको छ ।
सूचनाको अवज्ञा गरी संरचना निर्माण गर्ने वा रुख–बिरुवा रोप्ने व्यक्तिहरूले प्रसारण लाइन सञ्चालनका क्रममा हुने सम्भावित क्षतिको सम्पूर्ण जिम्मेवारी स्वयं वहन गर्नुपर्ने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला