निजी क्षेत्रसमेत सहभागी हुने गरी ऊर्जा विकासका समस्या समाधान गर्न समिति गठन
जलसरोकार
काठमाडौं : ऊर्जा क्षेत्रको विकासका निम्ति नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनमा उत्पन्न समस्या समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा समिति गठन गरेको छ।
समितिको संयोजकमा मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेल तोकिएका छन्। समितिका सदस्यमा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराई, विद्युत् विकास विभागका उपमहानिर्देशक र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ रहेका छन्।
त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) बाट नरेन्द्रवल्लभ पन्त, अभिज्ञा मल्ल र अनुप आचार्य सदस्यका रूपमा प्रतिनिधित्व गरेका छन्। इन्जिनियर शिरिष पाण्डे सदस्य तथा मन्त्रालयको नवीकरणीय ऊर्जा तथा कार्बन व्यापार प्रवर्द्धन शाखाका सिनियर डिभिजनल इन्जिनियर शालिग्राम भण्डारीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ।
समितिले ऊर्जा क्षेत्रका परियोजनामा देखिने नीतिगत, कानुनी तथा कार्यान्वयनसम्बन्धी जटिलता पहिचान गरी आवश्यक सहजीकरणका लागि सुझाव दिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसमेत सहभागी हुने गरी ऊर्जा विकासका समस्या समाधान गर्न समिति गठन
-
उपत्यकाको विद्युत् आपूर्ति बलियो बनाउँदै मातातीर्थ–चोभार १३२ केभी लाइन, निर्माण सकियाे
-
अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै
-
नेप्सेमा पहिरो कायमै, २० अंकले घटेर २५६६ विन्दुमा झर्यो
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ