जलविद्युत् उत्पादन लागत अध्ययनका लागि आयोगले माग्याे विवरण
जलसरोकार
काठमाडौँ : विद्युत् नियमन आयोग ले जलविद्युत् आयोजनाको उत्पादन लागतसम्बन्धी ‘Hydropower Generation Cost Benchmarking Study’ का लागि आवश्यक विवरण उपलब्ध गराउन सरोकारवालासँग आग्रह गरेको छ।
आयोगले हरित विकास नेटवर्क (GGN) सँगको सहकार्यमा जलविद्युत् परियोजनाको लागत संरचना अध्ययन गरिरहेको जनाएको छ। अध्ययनबाट भविष्यमा बन्ने जलविद्युत् आयोजनाको यथार्थपरक लागत निर्धारण, नीति निर्माण तथा नियामकीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसका लागि आयोगले जलविद्युत् प्रवर्द्धक/कम्पनीहरूलाई आफ्ना आयोजनासम्बन्धी लागत, वित्तीय संरचना, निर्माण तथा सञ्चालन खर्चलगायत आवश्यक विवरण तोकिएको ढाँचामा उपलब्ध गराउन अनुरोध गरेको छ। माग गरिएका सूचना तथा तथ्याङ्क आयोगको आधिकारिक इमेलमार्फत पठाउन सकिने जनाइएको छ।
आयोगका अनुसार प्राप्त विवरण गोप्य राखिनेछ र अध्ययन प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ। अध्ययन कार्य सम्पन्न भएपछि आवश्यक नीतिगत तथा नियामकीय सुधारका लागि निष्कर्ष उपयोग गरिने आयोगले जनाएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै