मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
जलसरोकार
काठमाडौँ: मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेका ब्याजदर सूचीअनुसार कात्तिकको तुलनामा औसत ब्याजदर थप घटेको छ । २० वटै वाणिज्य बैंकको दरसूची विश्लेषण गर्दा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको पाइएको हो ।
कात्तिकमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिरमा ५.०४०५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ग्लोबल आईएमई बैंकले ६ प्रतिशतमा निर्धारण गरेको छ, जसलाई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि लागू गरेको हो ।
कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने १० बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एशिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक छन् । स्थिर राख्ने बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक परेका छन् ।
अहिले बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि केही बढी ब्याजदर प्रदान गर्दै आएका छन् । धेरै बैंकले ५ वर्षभन्दा माथिको अवधिका लागि उच्चतम ब्याजदर उपलब्ध गराउँछन् ।
व्यक्तिगत मुद्दतीको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपमा पनि ब्याजदर स्वतः घट्ने प्रवृत्ति हुन्छ । निक्षेपको ब्याजदर घट्दा आधारदर (दबकभ चबतभ) मा प्रभाव पर्ने भएकाले कर्जाको ब्याजदर पनि कम हुँदै जान्छ ।
बैंकिङ क्षेत्रले लगानीयोग्य रकम पर्याप्त भएका कारण तथा कर्जा प्रवाह अपेक्षित रूपमा नबढेका कारण ब्याजदर घटेको बैंकहरू बताउँछन् । राष्ट्र बैंकले पछिल्लो समय स्थायी निक्षेप सुविधा (क्म्ँ) लगायतका उपकरण प्रयोग गरी लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ८४ दिनका लागि ५० अर्ब बढीको तरलता खिच्दै
-
मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
-
खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई दैनिकीमा सहजता
-
देशभरको मौसम सफा रहने सम्भावना
-
आगामी २४ घण्टामा देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा आंशिक बदली रहने
-
मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण