मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
जलसरोकार
काठमाडौँ: मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेका ब्याजदर सूचीअनुसार कात्तिकको तुलनामा औसत ब्याजदर थप घटेको छ । २० वटै वाणिज्य बैंकको दरसूची विश्लेषण गर्दा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको पाइएको हो ।
कात्तिकमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिरमा ५.०४०५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ग्लोबल आईएमई बैंकले ६ प्रतिशतमा निर्धारण गरेको छ, जसलाई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि लागू गरेको हो ।
कात्तिकको तुलनामा मंसिरमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने १० बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा एनआईसी एशिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक छन् । स्थिर राख्ने बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक परेका छन् ।
अहिले बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि केही बढी ब्याजदर प्रदान गर्दै आएका छन् । धेरै बैंकले ५ वर्षभन्दा माथिको अवधिका लागि उच्चतम ब्याजदर उपलब्ध गराउँछन् ।
व्यक्तिगत मुद्दतीको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपमा पनि ब्याजदर स्वतः घट्ने प्रवृत्ति हुन्छ । निक्षेपको ब्याजदर घट्दा आधारदर (दबकभ चबतभ) मा प्रभाव पर्ने भएकाले कर्जाको ब्याजदर पनि कम हुँदै जान्छ ।
बैंकिङ क्षेत्रले लगानीयोग्य रकम पर्याप्त भएका कारण तथा कर्जा प्रवाह अपेक्षित रूपमा नबढेका कारण ब्याजदर घटेको बैंकहरू बताउँछन् । राष्ट्र बैंकले पछिल्लो समय स्थायी निक्षेप सुविधा (क्म्ँ) लगायतका उपकरण प्रयोग गरी लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने