असोज महिनामा वाणिज्य बैंकहरूले घटाए ब्याजदर
जलसरोकार
काठमाडौं: वाणिज्य बैंकहरूले असोज महिनामा पनि ब्याजदर तल झारेका छन् । नेपालका २० वाणिज्य बैंकले प्रकाशित गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर भदौमा ५.५७७ प्रतिशत रहेकामा असोजमा झरेर ५.४६३५ प्रतिशतमा सीमित भएको छ ।
यसरी औसतमा ०.११३५ प्रतिशत विन्दुले घटेको हो। हाल व्यक्तिगत मुद्दती निक्षेपमा पाउन सकिने अधिकतम ब्याजदर ६ प्रतिशतमा सीमित छ।
भदौको तुलनामा १० वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ती बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एशिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी र सिटिजन्स रहेका छन्। सात बैंकले स्थिर राखेका छन्, जसमा माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ र हिमालयन–इन्भेस्टमेन्ट मेगा छन्। लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य वृद्धि गरेका छन् ।
बैंकहरूले छोटो अवधिका निक्षेपमा तुलनात्मक रूपमा कम र लामो अवधिका निक्षेपमा बढी ब्याजदर तोक्ने गरेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत र कर्जाको ब्याजदर पनि क्रमशः घट्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएपछि वाणिज्य बैंकहरू ब्याजदर घटाउन दबाबमा छन्। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।
कर्जा प्रवाह सुस्त रहँदा बैंकहरूको ब्याजदर घट्ने क्रम निरन्तर देखिएको विशेषज्ञहरूले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन विद्यमान कानुन नै पर्याप्त : सरोकारवाला
-
कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह
-
अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
-
प्राधिकरण केन्द्रित विद्युत् बजारलाई खुला र प्रतिस्पर्धात्मक बनाउँदै आयोग
-
बिजुलीमा लगाइएको भ्याट खारेज गर्न प्राधिकरणका कर्मचारी संगठनहरुको माग
-
अविरल वर्षापछि देशभरका विभिन्न सडकखण्ड अवरुद्ध