असोज महिनामा वाणिज्य बैंकहरूले घटाए ब्याजदर
जलसरोकार
काठमाडौं: वाणिज्य बैंकहरूले असोज महिनामा पनि ब्याजदर तल झारेका छन् । नेपालका २० वाणिज्य बैंकले प्रकाशित गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर भदौमा ५.५७७ प्रतिशत रहेकामा असोजमा झरेर ५.४६३५ प्रतिशतमा सीमित भएको छ ।
यसरी औसतमा ०.११३५ प्रतिशत विन्दुले घटेको हो। हाल व्यक्तिगत मुद्दती निक्षेपमा पाउन सकिने अधिकतम ब्याजदर ६ प्रतिशतमा सीमित छ।
भदौको तुलनामा १० वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ती बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एशिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी र सिटिजन्स रहेका छन्। सात बैंकले स्थिर राखेका छन्, जसमा माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ र हिमालयन–इन्भेस्टमेन्ट मेगा छन्। लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य वृद्धि गरेका छन् ।
बैंकहरूले छोटो अवधिका निक्षेपमा तुलनात्मक रूपमा कम र लामो अवधिका निक्षेपमा बढी ब्याजदर तोक्ने गरेका छन् । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत र कर्जाको ब्याजदर पनि क्रमशः घट्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएपछि वाणिज्य बैंकहरू ब्याजदर घटाउन दबाबमा छन्। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।
कर्जा प्रवाह सुस्त रहँदा बैंकहरूको ब्याजदर घट्ने क्रम निरन्तर देखिएको विशेषज्ञहरूले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा