परिणाम दिने गरी सल्लाह र समन्वयमा काम गरे हितेन्द्रदेवसँग सहकार्य सम्भवः घिसिङ
सरकारको निर्देशनअनुसार काम गर्छु : शाक्य
जलसरोकार
काठमाडौं : ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ‘कामको परिणाम दिने’ शर्तमा आफू सहकार्य गर्न तयार रहेको बताएका छन् ।
सर्वाेच्च अदालतबाट पुनर्नियुक्ति पाएर हाजिर गरेको भोलिपल्ट शाक्य प्राधिकरणका पदेन अध्यक्ष एवं ऊर्जा मन्त्री घिसिङलाई आज ऊर्जा मन्त्रालयमा भेट्न आएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री घिसिङले आफू जहिल्यै परिणामुखी रहेको र परिणाम दिने गरी काम गर्ने हो भने सहकार्यमा समस्या नहुने जानकारी दिएका थिए ।
घिसिङले शाक्यलाई भनेको उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले हिजो पनि तपाईसँग सल्लाह गरेरै जिम्मेवारी (जल तथा ऊर्जा आयोगमा) दिएको थिएँ, तर तपाई अदालत जानु भयो ।’
‘आफू अदालतबाट आइहालें अब जे गरे पनि हुन्छ भन्ने सोच राख्नुभएको छ भने सहकार्य हुँदैन,’ मन्त्री घिसिङले भने, ‘सल्लाह र समन्वय गरी परिणाम देखाउने गरी काम गर्नुहुन्छ भने सहकार्य हुन सक्छ ।’
मन्त्री घिसिङले प्राधिकरणमा थुपै्र समस्या रहेको उल्लेख गर्दै तिनको समाधानका लागि सल्लाह र समन्वय हुनु पर्नेमा जोड दिए ।
जवाफमा कार्यकारी निर्देशक शाक्यले आफूले एनईए इन्जिनियरिङमा तपाईं (प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङ) कै मातहतमा रहेर काम गरिसकेको उल्लेख गर्दै सल्लाह, समन्वय र सहकार्यमा कुनै समस्या नहुने जानकारी दिए ।
शाक्यले सरकारको नीतिअनुसार सल्लाह र समन्वयमा काम गर्ने बताएको मन्त्रालय स्रोतले जलसरोकारलाई जानकारी दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्