सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विज्ञानलाई वित्तसँग जोड्दै एनएमबी बैंक र इसिमोड बीच सहकार्य

जलसरोकार
शुक्रबार, असोज ०९, २०८३ | ०९:२४:४३ बजे

काठमाडौं । एनएमबी बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच नेपालमा दिगो वित्त र जलवायु-उत्थानशील विकास प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

साझेदारीमार्फत इसिमोड को अनुसन्धान, वैज्ञानिक ज्ञान, प्रविधि तथा क्षमता विकासको अनुभवलाई एनएमबी बैंकको वित्तीय क्षेत्रसम्बन्धी विज्ञतासँग जोडेर व्यावहारिक तथा दिगो लगानीका अवसर पहिचान गर्ने लक्ष्य राखिएको छ।

समझदारीले विशेष गरी हरित वित्त (Green Financing) प्रवर्द्धन तथा वातावरणीय र जलवायुजन्य चुनौती सम्बोधन गर्ने पहललाई सहयोग गर्ने जनाएको छ। वैज्ञानिक अनुसन्धान र वित्तीय स्रोतबीचको सम्बन्ध स्थापित गर्दै वातावरण संरक्षण, जिम्मेवार स्रोत व्यवस्थापन तथा स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने परियोजनालाई सहयोग गर्ने उद्देश्य राखिएको छ।

यस सहकार्यअन्तर्गत इसिमोड को अनुसन्धान तथा प्राविधिक ज्ञान र क्षमता विकासको अनुभवलाई एनएमबी बैंकको वित्तीय क्षेत्रसम्बन्धी विशेषज्ञतासँग जोडिनेछ। त्यसबाट वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता बढाउन सक्ने दिगो परियोजना र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनएमबी बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ। बैंक र इसिमोडबीचको साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सहकार्यलाई थप बलियो बनाउँदै नेपालमा दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, असोज ०९, २०८३ | ०९:२४:४३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया