सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर बदली, कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

जलसरोकार
बुधबार, असोज ०७, २०८३ | ०९:२२:३८ बजे

 

काठमाडौं : देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी २४ घण्टामा अधिकांश भू–भागमा मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन, सडक तथा यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। यसैबीच बङ्गालको खाडीको पश्चिम–मध्य भू–भाग आसपास न्यून चापीय क्षेत्र रहेको छ।

उक्त न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ अर्थात् बलियो न्यून चापीय क्षेत्रका रूपमा विकसित हुने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसमविद्हरूको आकलन छ। यस प्रणालीको प्रभावका कारण आगामी दिनमा नेपालमा पनि वर्षाको गतिविधि थप बढ्न सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : बुधबार, असोज ०७, २०८३ | ०९:२२:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया