ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द हुने

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडको कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन भइरहेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई निष्कासन र बिक्री प्रक्रिया बन्द हुने भएको छ।
बैंकले प्रति इकाई अंकित मूल्य रु. १० का दरले कुल १२ करोड इकाईमध्ये न्यूनतम ६ करोड इकाई बिक्री गर्नुपर्ने व्यवस्था गरेको थियो। सोहीअनुसार योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १.५ प्रतिशत अर्थात १८ लाख इकाई र कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पूँजीका रूपमा सुरक्षित राखेका छन्। बाँकी १० करोड २० लाख इकाई मिति २०८२ असार २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।
सर्वसाधारणबाट मागभन्दा बढी आवेदन प्राप्त भएकाले मिति २०८२ असार २७ गते बैंकिङ समयपछि इकाई खरीदका लागि आवेदन लिन बन्द गरिने कम्पनीले जनाएको छ। निर्धारित समयसम्म मागभन्दा बढी थप २५ प्रतिशत इकाइको लागि समेत आवेदन प्राप्त भई योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँ पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
ग्लोबल आइएमई क्यापिटलले यस निष्कासनमा सहयोग पुर्याउने नियामक निकायहरू, ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू, शुभेच्छुकहरू, लगानीकर्ता, सञ्चार माध्यम र सम्पूर्ण सरोकारवालाहरूप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ