ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द हुने
जलसरोकार
काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडको कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालन भइरहेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई निष्कासन र बिक्री प्रक्रिया बन्द हुने भएको छ।
बैंकले प्रति इकाई अंकित मूल्य रु. १० का दरले कुल १२ करोड इकाईमध्ये न्यूनतम ६ करोड इकाई बिक्री गर्नुपर्ने व्यवस्था गरेको थियो। सोहीअनुसार योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले १.५ प्रतिशत अर्थात १८ लाख इकाई र कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पूँजीका रूपमा सुरक्षित राखेका छन्। बाँकी १० करोड २० लाख इकाई मिति २०८२ असार २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।
सर्वसाधारणबाट मागभन्दा बढी आवेदन प्राप्त भएकाले मिति २०८२ असार २७ गते बैंकिङ समयपछि इकाई खरीदका लागि आवेदन लिन बन्द गरिने कम्पनीले जनाएको छ। निर्धारित समयसम्म मागभन्दा बढी थप २५ प्रतिशत इकाइको लागि समेत आवेदन प्राप्त भई योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँ पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
ग्लोबल आइएमई क्यापिटलले यस निष्कासनमा सहयोग पुर्याउने नियामक निकायहरू, ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू, शुभेच्छुकहरू, लगानीकर्ता, सञ्चार माध्यम र सम्पूर्ण सरोकारवालाहरूप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा