माथिल्लो त्रिशूली ३ बी आयोजनाको सिभिलतर्फको ठेक्का फेवा कन्स्ट्रक्सनलाई
जलसरोकार
काठमाडौं - सार्वजनिक निजी लगानीमा निर्माणाधीन माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको पहिलो लटअन्र्तगत सिभिल निर्माणका लागि फेवा कन्स्ट्रक्सन प्रालि छनौट भएको छ । न्यूनतम मूल्य अंकित फेवालाई आयोजनाको बाँकी सिभिल निर्माणका लागि छनौट गरेको विकासकर्ता कम्पनी त्रशूली जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ । फेवाले बाँकी सिभिल निर्माणका लागि १ अर्ब ८४ करोड ३६ लाख ९७ हजार रुपैयाँ प्रस्ताव गरेको छ । कम्पनीले ३७ मेगावाटको त्रिशुली थ्री बी आयोजनाको बाँकी कामको ठेक्का लगाएको हो ।
यसअघि फेवाका साथै वाइवा इन्फ्राटेक प्रालि, हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालि, साइआरएस ज्वाइन्टभेन्चर, सिइ कन्स्ट्रक्सन प्रालि, तुँदी कन्स्ट्रक्सन प्रालि छनौट भएका थिए ।
त्रिशूली जलविद्युतले सिभिल, हाइड्रोमेकानिकल इलेक्ट्रोमेकानिकलको कामलाई दुई लटमा विभाजन गरी बोलपत्र आब्हान गरेको थियो । जसमा सिभिलको काम नेपाली निर्माण व्यवसायीबाट र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरण आपूर्तिको जिम्मा विदेशी कम्पनीले पाउने भएको छ ।
चिनियाँ कम्पनीले लामो समयदेखि आयोजनाको काम सुरु नगरेपछि त्रिशूली जलविद्युतले गत मंसिर १० गते ठेक्का तोडेको हो । बाँकी काम सक्न कम्पनीले नयाँ बोलपत्र आव्हान गरेको हो ।
आयोजना बनाउन इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा ठेक्का पाएको चिनियाँ कम्पनी सुइफा आन्ने ग्रुप कम्पनी लिमिटेडले आयोजनाको काम अघि नबढाएपछि त्रिशूली जलविद्युतले ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाएको हो ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने