सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीव सिंहसहित पाँचजनाविरुद्ध १३ लाख ९३ हजारको भ्रष्टाचार मुद्दा दायर

जलसरोकार
मंगलबार, पुस २९, २०८२ | १७:०६:३० बजे

 

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा भण्डारण गरिएको तामाको तार हराएको प्रकरणमा केन्द्रका तत्कालीन प्रमुख राजीव कुमार सिंहसहित पाँचजनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपैयाँ ३ पैसाको बिगो कायम गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टस्थित स्टोरबाट ७० एमएम स्क्वायरका १७४ मिटर र १२० एमएम स्क्वायरका ७४६ मिटर तामाको तार हराएको उजुरी परेपछि अनुसन्धान गरिएको हो । अनुसन्धानबाट उक्त तार योजनाबद्ध रूपमा हटाई सार्वजनिक सम्पत्तिमा रु. १३,९३,६०३.०३ बराबरको हानि–नोक्सानी पुर्‍याइएको पुष्टि भई सोही रकमलाई बिगो कायम गरिएको अख्तियारको निष्कर्ष छ ।

अख्तियारले तत्कालीन केन्द्र प्रमुख सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, सुरक्षा गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमाल तथा सम्बन्धित सुरक्षा सेवा प्रदायक कम्पनीका कर्मचारीहरूबीच मिलेमतो रहेको ठहर गरेको छ । उनीहरूले आफ्नो जिम्मेवारी हुँदाहुँदै सरकारी सम्पत्तिको संरक्षण नगरी गैरकानुनी लाभका लागि तामाको तार बाहिर लैजान सहयोग गरेको अभियोग लगाइएको छ ।

आयोगले प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल उपर मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, पुस २९, २०८२ | १७:०६:३० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया