ऊर्जा सचिवमा चिरञ्जीवी चटौत
जलसरोकार
काठमाडौं : सरकारले लोक सेवा आयोगको सिफारिसमा सचिव बढुवा भएका सहसचिव चिरञ्जीवी चटौतलाई ऊर्जा मन्त्रालयमा पदस्थापना गरेको छ ।
प्राविधिक सहसचिवमध्ये ज्येष्ठतम (सिनियर मोस्ट) रहेका चटौतलाई लोकसेवा आयोगको बढुवा समितिले सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिस कार्यान्वयन गर्दै सचिव बढुवा गरेको हो । ऊर्जा मन्त्रालयमै सहसचिव रहेका चटौतलाई ऊर्जा सचिवको जिम्मेवारी दिइएको छ ।
सचिव चटौतले आफ्नो बढुवा र पदस्थापनासम्बन्धी पत्र बुझ्न लागेको जलसरोकारलाई बताए । सहकर्मीबीच भलाद्मी र मृदुभाषी चटौत हालसम्म कुनै विवादमा परेका छैनन् ।
गत भदौ १४ गते ऊर्जा सचिव सुरेश आचार्यले अनिवार्य अवकाश पाएपछि ऊर्जा मन्त्रालय सचिवविहीन रहँदै आएको थियो । सिंचाई सचिव सरिता दवाडीले नै ऊर्जा मन्त्रालयको सचिवको रुपमा पनि काम गर्दै आएकी थिइन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्