चिलिमे हाइड्रोपावरको नाफा ५० करोड ७८ लाख रुपैयाँ
जलसरोकार
काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५० करोड ७८ लाख रुपैयाँ भएको छ । उक्त कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक नाफा ८.९ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४६ करोड ६२ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत् बिक्री आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ७८ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले ८२ करोड ४९ लाख रुपैयाँ छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी बढ्न सकेको छैन । पहिले वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ७१ पैसा छ ।
कम्पनीको चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा असर परेको हो । चुक्ता पूँजी पहिले ७ अर्ब ९८ करोड रहेकोमा अहिले ८ अर्ब ७८ करोड रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ घटेको छ । पहिले प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६० पैसा रहेकोमा अहिले १२८ रुपैयाँ ६१ पैसा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?