चिलिमे हाइड्रोपावरको नाफा ५० करोड ७८ लाख रुपैयाँ
जलसरोकार
काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५० करोड ७८ लाख रुपैयाँ भएको छ । उक्त कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक नाफा ८.९ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४६ करोड ६२ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत् बिक्री आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ७८ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले ८२ करोड ४९ लाख रुपैयाँ छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी बढ्न सकेको छैन । पहिले वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ७१ पैसा छ ।
कम्पनीको चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा असर परेको हो । चुक्ता पूँजी पहिले ७ अर्ब ९८ करोड रहेकोमा अहिले ८ अर्ब ७८ करोड रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ घटेको छ । पहिले प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६० पैसा रहेकोमा अहिले १२८ रुपैयाँ ६१ पैसा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य