चिलिमे हाइड्रोपावरको नाफा सामान्य बढे पनि प्रतिसेयर आम्दानी घट्यो
जलसरोकार
काठमाडौं: चिलिमे हाइड्रोपावर कम्पनीले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६७ करोड ८५ लाख रुपैयाँभन्दा सामान्य मात्र बढेको हो ।
गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । नाफामा हल्का वृद्धि भए पनि कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS)भने घटेको छ । अघिल्लो आवमा ८ रुपैयाँ १० पैसा रहेको भ्एक् गत आर्थिक वर्षमा घटेर ७ रुपैयाँ ७४ पैसामा पुगेको छ ।
EPS घट्नुको मुख्य कारण कम्पनीको चुक्ता पूँजी वृद्धि हो । गत वर्ष बोनस सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी ७ अर्ब ९८ करोड रुपैयाँबाट बढेर ८ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।
हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा रहेको छ भने बजार मूल्य प्रतिकित्ता ५२८ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीले आगामी अवधिमा उत्पादन क्षमता विस्तार र आम्दानी स्रोत विविधीकरणमार्फत वित्तीय प्रदर्शन सुधार्ने लक्ष्य राखेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा