चिलिमे हाइड्रोपावरको नाफा सामान्य बढे पनि प्रतिसेयर आम्दानी घट्यो
जलसरोकार
काठमाडौं: चिलिमे हाइड्रोपावर कम्पनीले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ६७ करोड ८५ लाख रुपैयाँभन्दा सामान्य मात्र बढेको हो ।
गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । नाफामा हल्का वृद्धि भए पनि कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS)भने घटेको छ । अघिल्लो आवमा ८ रुपैयाँ १० पैसा रहेको भ्एक् गत आर्थिक वर्षमा घटेर ७ रुपैयाँ ७४ पैसामा पुगेको छ ।
EPS घट्नुको मुख्य कारण कम्पनीको चुक्ता पूँजी वृद्धि हो । गत वर्ष बोनस सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी ७ अर्ब ९८ करोड रुपैयाँबाट बढेर ८ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।
हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा रहेको छ भने बजार मूल्य प्रतिकित्ता ५२८ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीले आगामी अवधिमा उत्पादन क्षमता विस्तार र आम्दानी स्रोत विविधीकरणमार्फत वित्तीय प्रदर्शन सुधार्ने लक्ष्य राखेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै