चिलिमे हब बन्द, कारणै पत्ता लागेन, १०० मेगावाट बिजुली खेर, उल्टै भारतबाट आयात
जलसरोकार
काठमाडौं : हिजो बिहानदेखि चिलिमे हवमा प्राविधिक समस्या आएका कारण चिलिमे जलविद्युत् कम्पनी र उसका सहायक कम्पनी र निजी क्षेत्र गरी झन्डै सय मेगावाट बिजुली प्रणालीबाट बाहिरिएको छ ।
यो समाचार तयार पार्दासम्म चिलिमे हबमा आएको समस्या पहिचान भइसकेको छैन । हिजो बिहानदेखि बन्द भएको उक्त सवस्टेशन हिजो दिउँसो चल्ने, बन्द हुने भइरहेको थियो भने हिजो बेलुकीदेखि ठ्याम्मै बन्द भएको प्राधिकरण स्रोतले जानकारी दियो ।
समस्या नै नखुट्टिएपछि प्राधिकरणको ग्रीडका इन्जिनियरहरु, २२० केभी प्रसारण लाइनका प्रमुख थर्कबहादुर थापालगायतको टोली अहिले चिलिमे हव पुगिसकेको जानकारी पनि प्राधिकरण स्रोतले दिएको छ ।
चिलिमे कोरिडरका विद्युत् आयोजनाहरु यतिखेर बन्द भएका छन् । प्राधिकरणले थप सय मेगावाट बिजुली आयात गरेको छ । यसबाट सुख्खायामको अमृत समानको पानी अहिले खेर गइरहेको छ भने नेपाल विद्युत् प्राधिकरणलाई दोहोरो क्षति पुगिरहेको छ ।
रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन र चिनियाँ लगानीको सालासुंगीहरुले यतिखेर सय मेगावाट बिजुली उत्पादन गर्न सक्छन् । प्राधिकरणले ‘टेक अर पे’ विद्युत् खरिद सम्झौता गरेका कारण आफ्नो प्रणालीमा उपभोग गर्न नपाए पनि प्राधिकरणका सहायक कम्पनी र चिनियाँ कम्पनीलाई पैसा तिर्नुपर्ने हुन्छ ।
प्राधिकरणलाई चिलिमे हब बिग्रेका कारण उत्पादित बिजुली बेच्न नपाउँदाको हिसाबमा २४ घण्टामा (प्रतियुनिट ९ रुपैयाँका दरले) २ करोड १६ लाख घाटा परिसकेको छ भने त्यति नै बिजुली आयात गर्नुपरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंकको प्रतिवेदनः दक्षिण एशियामा वायु प्रदूषण घटाउन व्यावहारिक समाधान सम्भव
-
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकारपछि विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल्ने बाटो खुल्यो
-
भुजुङ हाइड्रोपावरको आईपीओ खुला, प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरण
-
डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
-
जलविद्युत् अभियन्ता कृष्णप्रसाद भण्डारी राष्ट्रिय सभातर्फ नेपाली कांग्रेसबाट सिफारिस
-
सात सयले बढ्यो सुन, चाँदीले बनायो नयाँ रेकर्ड : आज कतिमा हुँदैछ खरिद–बिक्री ?