चिलिमे हब बन्द, कारणै पत्ता लागेन, १०० मेगावाट बिजुली खेर, उल्टै भारतबाट आयात
जलसरोकार
काठमाडौं : हिजो बिहानदेखि चिलिमे हवमा प्राविधिक समस्या आएका कारण चिलिमे जलविद्युत् कम्पनी र उसका सहायक कम्पनी र निजी क्षेत्र गरी झन्डै सय मेगावाट बिजुली प्रणालीबाट बाहिरिएको छ ।
यो समाचार तयार पार्दासम्म चिलिमे हबमा आएको समस्या पहिचान भइसकेको छैन । हिजो बिहानदेखि बन्द भएको उक्त सवस्टेशन हिजो दिउँसो चल्ने, बन्द हुने भइरहेको थियो भने हिजो बेलुकीदेखि ठ्याम्मै बन्द भएको प्राधिकरण स्रोतले जानकारी दियो ।
समस्या नै नखुट्टिएपछि प्राधिकरणको ग्रीडका इन्जिनियरहरु, २२० केभी प्रसारण लाइनका प्रमुख थर्कबहादुर थापालगायतको टोली अहिले चिलिमे हव पुगिसकेको जानकारी पनि प्राधिकरण स्रोतले दिएको छ ।
चिलिमे कोरिडरका विद्युत् आयोजनाहरु यतिखेर बन्द भएका छन् । प्राधिकरणले थप सय मेगावाट बिजुली आयात गरेको छ । यसबाट सुख्खायामको अमृत समानको पानी अहिले खेर गइरहेको छ भने नेपाल विद्युत् प्राधिकरणलाई दोहोरो क्षति पुगिरहेको छ ।
रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन र चिनियाँ लगानीको सालासुंगीहरुले यतिखेर सय मेगावाट बिजुली उत्पादन गर्न सक्छन् । प्राधिकरणले ‘टेक अर पे’ विद्युत् खरिद सम्झौता गरेका कारण आफ्नो प्रणालीमा उपभोग गर्न नपाए पनि प्राधिकरणका सहायक कम्पनी र चिनियाँ कम्पनीलाई पैसा तिर्नुपर्ने हुन्छ ।
प्राधिकरणलाई चिलिमे हब बिग्रेका कारण उत्पादित बिजुली बेच्न नपाउँदाको हिसाबमा २४ घण्टामा (प्रतियुनिट ९ रुपैयाँका दरले) २ करोड १६ लाख घाटा परिसकेको छ भने त्यति नै बिजुली आयात गर्नुपरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
रामेछापका ७० भन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
नेप्से करिब स्थिर, कारोबार रकम सामान्य वृद्धि
-
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक काठमाडौंमा सम्पन्न
-
विद्युत प्राधिकरणको चर्चित रुम नम्बर २२५ : मोदी कम्पनीको अध्यक्षको सचिवालयमा रहने गरी कर्मचारीलाई जिम्मेवारी
-
विद्युत् बिक्री आम्दानी बढेसँगै बुटवल पावरको नाफा २२ करोड ५३ लाख रुपैयाँ, ६ महिनामा १६.२५ प्रतिशतले वृद्धि
-
अपि पावरको नाफा ३६.७५ प्रतिशतले बढ्यो, ६ महिनामा ४२.६२ करोड कमाइ