चपुर–पथलैया प्रसारण लाइनमा रुख ढल्दा क्षति, विद्युत आपूर्ति प्रभावित
जलसरोकार
काठमाडौं– पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत चपुर–पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रुख ढलेर क्षति पुगेको छ। बिहीबार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त खण्डमा रुख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो।
राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए। उनले वैकल्पिक व्यवस्था गरी क्रमिक रूपमा विद्युत आपूर्ति सुरू गर्ने काम भइरहेको उल्लेख गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्