अदालतले अवैध ठहर गरेको सिन्धु ज्वाला हाइड्रोका अध्यक्ष र सञ्चालक इप्पान निर्वाचनमा सरिक
जलसरोकार
काठमाडौं : सर्वाेच्च र उच्च अदालतले अध्यक्ष होइन भनी फैसला गर्दा पनि सिन्धु ज्वाला हाइड्रोपावर कम्पनीको अध्यक्ष हुँ भनी विवादास्पद शेयरधनी अर्जुनबन्धु रेग्मी उक्त कम्पनीको अध्यक्षको हैसियतमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २४ औं वार्षिक साधारण सभामा सरिक भई मतदानमा सहभागी भएका छन् ।
कम्पनी रजिष्ट्रारको कार्यालयले सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडका संस्थापक अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले गराएको साधारण सभालाई २०७९ वैशाख २ गते बैधता दिएको थियो ।
कम्पनी रजिष्ट्रार कार्यालयको उक्त निर्णय विरुद्ध रेग्मीले उच्च अदालत पाटनमा रिट हालेका थिए । उच्च अदालतले उक्त रिट २०८२ जेठ ८ गते कम्पनी रजिष्ट्रारले गरेको निर्णयलाई सदर गर्दै रेग्मी रिट खारेज गरेको थियो ।
उच्च विरुद्ध रेग्मी सर्वाेच्च पुगेका थिए । सर्वाेच्च अदालतले २०८२ असार १६ गते उच्चको फैसलालाई सदर गरी मुद्दालाई पूर्णतः किनारा लगाएको थियो ।
दुबै तहका अदालतले रेग्मी अध्यक्ष नभएको फैसला गर्दा पनि इप्पानमा आफू अध्यक्ष हुँ भनी हस्ताक्षर गरी निर्वाचनमा सरिक भएका थिए ।
सिन्धुज्वालाका वैध अध्यक्ष श्रेष्ठले इप्पानलाई यही जेठ ११ गते कम्पनीको शेयर लगत विवरण बुझाएका थिए । तर इप्पानले रेग्मीलाई अध्यक्ष मानेर निर्वाचनमा सरिक गराएको हो ।
यसैगरी अर्का पूर्व सञ्चालक प्रका रजौरे पनि कम्पनीकाे सञ्चालकको हैसियतमा भोट हाल्न पुगेका छन्। दुबै तहका अदालतहरुले रेग्मी र रजौरेसहितको टीमलाई अवैध घोषित गरेको थियो। दुबै अदालतकाे मानहानी गर्दै रेग्मी र रजौरे सञ्चालकको हैसियतमा कार्ड झुण्ड्याएर मतदानमा भाग लिन पुगेका हुन्।



-lg-1781266653.jpg)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अदालतले अवैध ठहर गरेको सिन्धु ज्वाला हाइड्रोका अध्यक्ष र सञ्चालक इप्पान निर्वाचनमा सरिक
-
पुँजीगत खर्च द्रुत बनाउन अधिकार प्रत्यायोजन गरिएको अर्थमन्त्रीको दाबी
-
नेप्से चार अंकले घट्दा कारोबार ४ अर्ब ३४ करोडमा सीमित
-
विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष दिल्लीबहादुर सिंहलाई ‘ऊर्जा ज्योति सम्मान’
-
अव्यवस्थित रूपमा झुण्डिएका दूरसञ्चार र इन्टरनेटका तार हटाइँदै
-
३० हजार मेगावाट लक्ष्य आर्थिक भविष्यसँग जोडिएको हो : सांसद भरत पराजुली