सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्
जलसरोकार
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लागू गरेको युरो–६ प्रदूषण मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनका कारण समस्या देखिन सक्ने भन्दै अर्डर भइसकेका युरो–६ भन्दा कम प्रदूषण मापदण्डका सवारी साधनलाई एकपटकका लागि आयात गर्न अनुमति दिन सरकारसँग आग्रह गरेका छन् ।
नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन कार्यक्रममा उनले यस्तो आग्रह गर्नुभएको हो।
उनले पछिल्ला वर्षमा नेपालमा विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढिरहेको बताउँदै सवारी एसेम्बल उद्योग र डाटा सेन्टर स्थापनाको सम्भावना नेपालमा रहेको धारणा व्यक्त गरे ।
“पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका सङ्केत देखिएका छन् । दुई वर्ष अघिभन्दा सवारी साधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको छ,” अध्यक्ष ढकालले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य