सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्
जलसरोकार
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लागू गरेको युरो–६ प्रदूषण मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनका कारण समस्या देखिन सक्ने भन्दै अर्डर भइसकेका युरो–६ भन्दा कम प्रदूषण मापदण्डका सवारी साधनलाई एकपटकका लागि आयात गर्न अनुमति दिन सरकारसँग आग्रह गरेका छन् ।
नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन कार्यक्रममा उनले यस्तो आग्रह गर्नुभएको हो।
उनले पछिल्ला वर्षमा नेपालमा विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढिरहेको बताउँदै सवारी एसेम्बल उद्योग र डाटा सेन्टर स्थापनाको सम्भावना नेपालमा रहेको धारणा व्यक्त गरे ।
“पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका सङ्केत देखिएका छन् । दुई वर्ष अघिभन्दा सवारी साधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको छ,” अध्यक्ष ढकालले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी