दुर्गम गाउँ लाप्राकमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा सुरु
जलसरोकार
गोरखा: उत्तरी गोरखाको दुर्गम गाउँ लाप्राकमा अन्ततः केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा सुरु भएको छ ।
आज एक औपचारिक समारोहका क्रममा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख विक्रमकुमार अमात्य तथा धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले वडा कार्यालयमा बत्ती बालेर सेवा शुभारम्भ गरेका हुन् ।
यससँगै लाप्राकको पुरानो बस्ती तथा एनआरएनएले निर्माण गरेको गुप्सीबस्ती दुवैमा केन्द्रीय प्रसारण लाइनबाट बत्ती पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रबाट हालसम्मकै सबैभन्दा टाढाको बस्तीमा विद्युत् पु¥याउन सफल भएको केन्द्र प्रमुख चिजबहादुर गुरुङले बताए ।
यसअघिसम्म लाप्राकमा २० किलोवाट र २६ किलोवाटका दुई लघु जलविद्युत् योजना सञ्चालनमा रहेका थिए । अब सिरानचोक गाउँपालिका–२, थालाजुङको ठूलोस्वाँरा सवस्टेशनबाट बारपाक हुँदै ११ केभी क्षमताको लाइन विस्तार भई लाप्राकमा विद्युत् पुगेको हो । सेवा प्रवाहका लागि गुप्सीपाखामा १०० केभिए र पुरानो बस्तीमा ५०–५० केभिए क्षमताका तीन ट्रान्सफर्मर जडान गरिएको गोरखा वितरण केन्द्रका प्रमुख गुरुङले जानकारी दिए ।
केन्द्रीय लाइन विस्तारसँगै अब गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको मिनरल वाटर प्रशोधन केन्द्र सञ्चालन गर्न सकिने वडाध्यक्ष किसान गुरुङले बताए । उनका अनुसार विद्युत्को अभावका कारण कुटानी–पिसानी मिल तथा स–मिल चलाउन कठिनाइ थिए, तर अब यी सेवा सहज रूपमा सञ्चालन गर्न सकिने भएको छ ।
गुप्सीबस्ती र पुरानो बस्तीका गरी सात सयभन्दा बढी घरधुरीले केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा पाउनेछन् । प्रायः चार वर्षअघि सुरु भएको प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै बिहीबारसम्म ८० घरधुरीमा मिटरबक्स जडान भइसकेको जानकारी दिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा