म्याग्दीको पर्यटकीयस्थल आलडाँडामा पुग्यो केन्द्रीय विद्युत् प्रसारण लाइन
जलसरोकार
म्याग्दी : अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय विद्युत् प्रसारण लाइनको सुविधा विस्तार भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत राम्चेदेखि आलडाँडासम्म विद्युत् प्रसारण लाइन विस्तार गरिएको हो । विद्युत् लाइन विस्तार भएपछि आलडाँडाका स्थानीयवासी तथा पर्यटकीय गतिविधिमा समेत सहजता हुने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार जिल्लाका विद्युत् सुविधा नपुगेका अन्य पर्यटकीय क्षेत्रमा पनि शीघ्र विद्युत् विस्तार गरिने भएको छ ।
उहाँका अनुसार मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा विद्युत् विस्तारको तयारी भइरहेको छ । ती क्षेत्रमा समेत केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय बासिन्दासँगै पर्यटकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह तथा अन्नपूर्ण–धौलागिरि क्षेत्र म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छन् । विद्युत् सुविधा विस्तारले ती क्षेत्रमा पर्यटन पूर्वाधार विकास तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य