बुङ्गल हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
जलसरोकार
काठमाडौं: बुङ्गल हाइड्रो लिमिटेडकाे IPO सर्वसाधारणका लागि आज सोमबारदेखि खुला भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई शेयर बाँडफाँट भइसकेको थियो ।
कम्पनीले जारी पूँजी ८३ करोडमध्ये ३५ प्रतिशत बराबरका १७ लाख १ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि निष्कासन गरेको हो। अंकित मूल्य १ सय रुपैयाँका दरले भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक हिमालयन क्यापिटलका अनुसार न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
यसका लागि अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।
यद्यपि कम्पनी अहिले नोक्सानीमा छ । आयोजना सञ्चालनमा नआएकाले गत चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिसेयर आम्दानी ऋणात्मक ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा मात्र रहेको छ ।
कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना प्रतिमेगावाट २८ करोड २५ लाख रुपैयाँ लागतमा बन्नेछ भने यसको अनुमति अवधि २६ वर्ष १० महिना रहनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले बी रेटिङ दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा