बुङ्गल हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
जलसरोकार
काठमाडौं: बुङ्गल हाइड्रो लिमिटेडकाे IPO सर्वसाधारणका लागि आज सोमबारदेखि खुला भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई शेयर बाँडफाँट भइसकेको थियो ।
कम्पनीले जारी पूँजी ८३ करोडमध्ये ३५ प्रतिशत बराबरका १७ लाख १ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि निष्कासन गरेको हो। अंकित मूल्य १ सय रुपैयाँका दरले भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक हिमालयन क्यापिटलका अनुसार न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
यसका लागि अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।
यद्यपि कम्पनी अहिले नोक्सानीमा छ । आयोजना सञ्चालनमा नआएकाले गत चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिसेयर आम्दानी ऋणात्मक ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा मात्र रहेको छ ।
कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना प्रतिमेगावाट २८ करोड २५ लाख रुपैयाँ लागतमा बन्नेछ भने यसको अनुमति अवधि २६ वर्ष १० महिना रहनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले बी रेटिङ दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य