सुनको मूल्य सेयर बजार कुलमान घिसिङ दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७.९ प्रतिशत मात्र भाग्यमानी

जलसरोकार
बिहीबार, असोज ०२, २०८२ | १०:३५:०८ बजे

 

काठमाडौँ  ः  बुङ्गल हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट गरिएको छ । भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि खुलेको आईपीओको बाँडफाँट बिक्री प्रबन्धक हिमालयन क्यापिटलले एक कार्यक्रममा सम्पन्न गरेको हो ।

कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका थिए भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका थिए। तीमध्ये १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी १९ लाख ७३ हजार १ सय आवेदकको हात रित्तो भएको छ। यस आधारमा स्वीकृत आवेदनमध्ये जम्मा ७.९ प्रतिशत मात्र सेयर पाउन सफल भएका छन् ।

आईपीओको नतिजा केही बेरपछि अनलाइन प्रणाली ष्उयचभकगति.अमकअ.अयm.लउ
मा हेर्न सकिने कम्पनीले जनाएको छ ।

हाल कम्पनी नोक्सानीमा रहेको छ । आयोजना सञ्चालनमा नआएकाले गत चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी ऋणात्मक ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा रहेको छ ।

बुङ्गल हाइड्रोपावरले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ भने अनुमति बहाल अवधि २६ वर्ष १० महिना रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई बी रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : बिहीबार, असोज ०२, २०८२ | १०:३५:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया