बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७.९ प्रतिशत मात्र भाग्यमानी
जलसरोकार
काठमाडौँ ः बुङ्गल हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट गरिएको छ । भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि खुलेको आईपीओको बाँडफाँट बिक्री प्रबन्धक हिमालयन क्यापिटलले एक कार्यक्रममा सम्पन्न गरेको हो ।
कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका थिए भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका थिए। तीमध्ये १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी १९ लाख ७३ हजार १ सय आवेदकको हात रित्तो भएको छ। यस आधारमा स्वीकृत आवेदनमध्ये जम्मा ७.९ प्रतिशत मात्र सेयर पाउन सफल भएका छन् ।
आईपीओको नतिजा केही बेरपछि अनलाइन प्रणाली ष्उयचभकगति.अमकअ.अयm.लउ
मा हेर्न सकिने कम्पनीले जनाएको छ ।
हाल कम्पनी नोक्सानीमा रहेको छ । आयोजना सञ्चालनमा नआएकाले गत चैत मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ४ करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी ऋणात्मक ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ १६ पैसा रहेको छ ।
बुङ्गल हाइड्रोपावरले बझाङमा १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ बराबर छ भने अनुमति बहाल अवधि २६ वर्ष १० महिना रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई बी रेटिङ प्रदान गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य