तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पुल निर्माण हुँदै
जलसरोकार
तनहुँ: तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ फेदीखोलामा स्टिल ट्रस पुल निर्माण हुने भएको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्थानीयवासीको सहजताका लागि ५५ मिटर लम्बाइको पुल बनाउन लागिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
पुल निर्माणका लागि आयोजनाले साउन ३० गते बोलपत्र आह्वान गरेको हो । बोलपत्र दर्ता गर्ने अन्तिम मिति असोज १२ गतेसम्म तोकिएको छ । पुल नहुँदा खोला वारपार गर्न स्थानीयलाई लामो समयदेखि असुविधा हुँदै आएको र यसैलाई मध्यनजर गरी निर्माणको पहल गरिएको भण्डारीले बताए ।
त्यसैगरी, आयोजनाले भिमाद नगरपालिकाको वान्टाङ खोलामा पनि पक्की पुल निर्माण गर्ने तयारी गरेको छ । एशियाली विकास बैंक (एडीबी)को सहयोगमा बन्ने उक्त पुलले भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडामा आवतजावत सहज हुने अपेक्षा गरिएको छ । हाल पुल नहुँदा वर्षायाममा हजारौँ सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । खोला बढ्दा आवतजावत लगभग ठप्प हुने गरेको स्थानीयले बताएका छन् ।
यसबाहेक, आयोजनाका कारण डुबानमा पर्ने सेती नदीमा रहेका चार वटा झोलुङ्गे पुललाई पुनःस्थापना गर्न लठ्ठा खरिदका लागि पनि बोलपत्र आह्वान भइसकेको र चाँडै सम्झौता प्रक्रिया पूरा हुने चरणमा रहेको भण्डारीले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै