मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेकथ्रु’
जलसरोकार
काठमाडौं : ताप्लेजुङ जिल्लाको मिवाबहाल्वा गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ (हेडरेस टनेल) को ‘ब्रेकथ्रु’ कार्य सफलतापूर्वक सम्पन्न भएको छ। आयोजनाको ५,६४४ मिटर लामो सुरुङ पूरा भएको आयोजनाका प्रमुख व्यवस्थापक सुनील प्रसाद रेग्मीले जानकारी दिएका छन्।
आयोजनाका प्रमुख रवि मुल्मीका अनुसार मुख्य सिभिल संरचना निर्माणसँगै हाइड्रो-मेकानिकल, इलेक्ट्रो-मेकानिकल तथा प्रसारण लाइनसम्बन्धी कामहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन्।
आयोजनाको महत्वपूर्ण संरचनामध्ये मुख्य सुरुङ मार्ग ब्रेक थ्रु सम्पन्न भएको अवसरमा कम्पनीका प्रबन्ध सञ्चालक भानु पोखरेलले प्रतिकूल भौगर्भिक अवस्थाका चुनौतीहरुलाई पार गर्दै आयोजनाको मुख्य संरचना सफलतापूर्वक निर्माण गर्न सफल भएको बताए ।
अन्य निर्माणका कार्यहरुमा समेत उल्लेखनीय प्रगति भइसकेको उल्लेख गर्दै प्रबन्ध सञ्चालक पोखरेलले सम्पूर्ण निर्माण कार्यहरु पूरा गरी आगामी १२ महिनाभित्र नै आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गरे ।
निर्माण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पुर्याउने आयोजनाका कर्मचारीहरुसहित सम्पूर्ण सरोकारवालाहरुप्रति मेवा डेभलपर्सले हार्दिक आभार व्यक्त गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपालको ऊर्जा सुरक्षा : चुनौती, अवसर र आत्मनिर्भरताको मार्ग
-
वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो
-
मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे-ढाँड’ सडक ‘ग्राभेलिङ’
-
सुन र चाँदी महँगियो, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
-
माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर वितरण गर्ने
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना