“विपी कोइरालाको विचार आज पनि मार्गदर्शक” : ऊर्जामन्त्री खड्का
जलसरोकार
काठमाडौँ,: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रदूत तथा पूर्वप्रधानमन्त्री विपी कोइरालाको योगदानप्रति उच्च सम्मान प्रकट गर्दै उहाँका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
नेपाली कांग्रेसका महामानवका रूपमा चिनिने विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा सोमबार सुन्दरीजलस्थित विपी संग्रहालय प्राङ्गणमा आयोजित ‘विपी स्मरण कार्यक्रम’ मा मन्त्री खड्काले विपीलाई “नेपाली जनचेतना र अधिकारका प्रतीक”का रूपमा स्मरण गरेका हुन् ।
“विपी कोइराला अन्तर्राष्ट्रिय ख्याती प्राप्त व्यक्तित्व मात्र होइन, उनको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्,“ मन्त्री खड्काले भने, ।
उनले विपीले प्रतिपादन गरेका राष्ट्रवाद, लोकतन्त्र र समाजवाद लाई नेपालको राजनीतिक मूल धारका स्थायी आधारस्तम्भका रूपमा व्याख्या गरे ,।
“विपीले व्यक्तिगत सुखभन्दा विचार र मूल्यलाई रोजे, त्यही क्षणदेखि नेपाली राजनीति जनमुखी यात्रातर्फ अग्रसर भयो,“ उनको भनाई थियो ।
मन्त्री खड्काले विपी कोइरालाको संघर्षले नेपाली जनतालाई “रैतिबाट नागरिक“ बनाउने अभियानको जग हालिदिएको उल्लेख गर्दै भने,“उहाँले जेल, यातना र आत्मनिवेदन सहनुभयो तर जनताप्रतिको विश्वास गुमाउनु भएन ।“
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने अभियानलाई विपीको “आत्मनिर्भर राष्ट्र“ सोचसँग जोड्दै मन्त्री खड्काले भने, “हामी अहिले ऊर्जा उत्पादन, प्रसारण र विस्तारमा आत्मनिर्भरतातर्फ लम्किरहेका छौं । विपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न साझा प्रयास आवश्यक छ।“
उनले विपीको राजनीतिक दर्शनमा नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने अवधारणा प्रस्ट देखिने भन्दै, राज्यले जनताको पक्षमा जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा गिरावट, करिब रु. ४ अर्बभन्दा बढीको कारोबारसँग बजार दबाबमा
-
हाइड्रो आईपीओ उछाल: लगानीकर्ताको अवसर कि जोखिम?
-
भिमखोला साना जलविद्युत् आयोजना : ३० वर्षे पीपीएमा मध्यम प्रतिफल, प्रारम्भिक वर्षमा कमजोर आरओइ
-
नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्तीप्रसाद पौडेल चयन
-
सुन तोलामा ५१ सयले बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख २८ हजार ६५० आवेदकले पाए १० कित्ता