कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बीपी राजमार्गका ‘वासआउट’ प्रभावित खण्डमा डाइभर्सन मर्मत सुरु

जलसरोकार
सोमबार, असोज २०, २०८२ | १३:४९:०५ बजे
फाइल तस्वीर : अन्नपूर्ण एक्सप्रेस

काभ्रे : लगातारको वर्षा र बाढीका कारण बीपी राजमार्गको चौकी डाँडा–बर्खे खोला खण्ड (चेनाज ११३+००० देखि १६०+०००) बीचका धेरै ठाउँमा washout (सडक बगाएको) समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रो चरणको डाइभर्सन मर्मत कार्य अघि बढाएको छ।

बर्खे खोला–धुलिखेल खण्डअन्तर्गत १७ स्थानमा गरी कुल ५,२४० मिटर लम्बाइमा नदी किनारैसँगै डाइभर्सन मर्मत कार्य सुरु गरिएको छ। मन्त्रालयका अनुसार यी स्थानहरूमध्ये मम्ति खोला, माथिल्लो मम्ति, पिप्ले सिरान, साल्चे पहिरो, दाला बेशी, काल धुङ्गा, नर्के, चौरासावा बेशी, चौकी डाँडा र दप्चा पुल आसपासका क्षेत्र बढी प्रभावित छन्।

यस क्रममा करिब ४,००८ मिटर लम्बाइको सडक washout भएको अनुमान गरिएको छ। प्रभावित क्षेत्रमध्ये काल धुङ्गा, चौकी डाँडा र मम्ति खोलामा नयाँ सडक कटिङ गरी करिब २० मिटर खण्ड पुनर्निर्माण गर्नुपर्ने बताइएको छ।

स्थानीय सडक डिभिजन कार्यालयले असार महिनादेखि सुरु गरिएको अस्थायी डाइभर्सन मर्मतलाई यसै महिनाभित्र सम्पन्न गर्ने तयारी गरेको छ। यसबाट काभ्रेपलाञ्चोक हुँदै पूर्वका जिल्लातर्फको यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।

कुल लम्बाइ:

  • दोस्रो चरणको डाइभर्सन मर्मत: ५,२४० मि.
  • Washout प्रभावित लम्बाइ: ४,००८ मि.

उद्देश्य र प्रगतिः

यी कामहरू बाढी र पहिरोले क्षतिग्रस्त भएका स्थानहरूमा वैकल्पिक सडक मार्ग सञ्चालन र स्थायी संरचना निर्माणको पूर्वतयारीका रूपमा गरिएको हो। मम्ति खोला, दाला बेशी, काल धुङ्गा, चौकी डाँडा लगायतका ठाउँहरूमा नयाँ सडक कटिङ गरी २० मिटरसम्म नयाँ ट्रयाक निर्माण गरिँदैछ।

स्थानीय सडक डिभिजन कार्यालयका इन्जिनियरका अनुसार, “डाइभर्सन र मर्मत कार्य सकिएपछि यातायात आवागमन सहज हुने र बर्खे समयमा राजमार्गमा हुने अवरोध कम हुने अपेक्षा गरिएको छ।”

प्रभावित स्थान र मर्मत लम्बाइ

मन्त्रालयका तथ्यांक अनुसार प्रभावित स्थानहरू र सोकाे मर्मत लम्बाइ यसप्रकार छन्–

क्र.सं.स्थान (Chainage)दोस्रो चरण डाइभर्सन मर्मत लम्बाइ (मि.)Washout लम्बाइ (मि.)टिप्पणी
1मम्ति खोला (113+100)620400नयाँ सडक कटिङ 20 मि.
2माथिल्लो मम्ति (114+000)23552355-
3पिप्ले सिरान (114+800)8181-
4तल्लो पिप्ले (114+950)232220-
5माथिल्लो पिप्ले (115+800)220220-
6सुक्खा पहिरो पिप्ले (116+200)232232-
7दाला बेशी (119+000)841841-
8काल धुङ्गा (भकुरे खोला) (119+350)21825नयाँ सडक कटिङ 20 मि.
9काल धुङ्गा (भकुरे खोला) (119+500)24040-
10बोक्सी कुवा (121+200)242200-
11च्युरी बस झ्याङ (122+000)200200-
12नर्के (125+000)15050-
13गिमाट बेशी (126+700)527300-
14चौरसावा बेशी (127+500)400300-
15चौरसावा बेशी (128+300)8080-
16कटुम्ने (131+600)8137.5-
17चौकी डाँडा (132+500)7036नयाँ सडक कटिङ 20 मि.
18दप्चा पुल नं. १ (135+700)15070-

 

प्रकाशित मिति : सोमबार, असोज २०, २०८२ | १३:४९:०५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया