वर्षाले पुनः अवरुद्ध बिपी राजमार्ग शुक्रबार दिउँसोसम्म सञ्चालनमा आउने
जलसरोकार
काठमाडौं : असोज १७ देखि १९ गतेसम्म परेको लगातार वर्षाले पुनः अवरुद्ध बनेको बिपी राजमार्ग शुक्रबार दिउँसोसम्म सञ्चालनमा आउने भएको छ । दुई दिनको झरीपछि रोशी खोलामा आएको लेदो मिसिएको बाढीले करिब ५३०० मिटर लामो डाइभर्सनमध्ये ३४१० मिटर भाग बगाएको थियो ।
सडक डिभिजन भक्तपुरका अनुसार बिहीबार रातभर डोजर परिचालन गरेर क्षतिग्रस्त डाइभर्सन मर्मत कार्य जारी राखिएको छ। उनका अनुसार अहिले माथिल्लो र तल्लो माम्ती क्षेत्रमा काम तीव्र गतिमा भइरहेको छ ।
‘हिजो रातभर नसुती काम ग-यौं । माथिल्लो माम्तीमा ४०–५० टिपर फिलिङ गरेपछि त्यो खण्ड पूरा हुनेछ, तल्लो माम्तीमा खोलाको डाइभर्सनको काम भइरहेको छ । शुक्रबार दिउँसो ४ बजेसम्म बिपी राजमार्ग सञ्चालनमा ल्याउँछौं,’ साइट इन्जिनियर दुर्गा प्रसादले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्दै सडक मर्मत कार्यलाई द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिएका थिए ।
गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको बाढीले समेत बिपी राजमार्गको करिब १३ किलोमिटर खण्ड कटान गरी २४ किलोमिटर क्षेत्रमा क्षति पु¥याएको थियो । त्यसबेला अस्थायी डाइभर्सन बनाएर १३ दिनमै सडक सञ्चालनमा ल्याइएको थियो। यस वर्ष पनि मनसुन अघि सुधार कार्य गरी बर्खायाममा सवारी चल्ने गरी बनाइएको थियो।
तर, असोज १७ र १८ गतेको अविरल वर्षा र बाढीले पुनः डाइभर्सनका अधिकांश भाग बगाएपछि यातायात अवरुद्ध भएको हो । हाल सवारीसाधनहरू खुर्कोट हुँदै मन्थली, चरिकोट र खाडीचौर भएर अरनिको राजमार्गमार्फत काठमाडौं आउन बाध्य छन्। वैकल्पिक बाटो साँघुरो र कतिपय ठाउँमा एकतर्फी भएकाले सवारी चालकहरूले ठूलो असुविधा व्यहोर्नु परेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य