साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै बढ्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सुधार देखिएको छ। पछिल्ला दुई दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक २३.८७ अंकले वृद्धि भई २८२०.४४ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ५.०१ अंक, फ्लोट इण्डेक्स १.९२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंकले वृद्धि देखाएका छन् ।
बजारमा कारोबार रकम पनि बढेको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ३३५ कम्पनीका ४ करोड १६ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ पुगेको छ। यो कारोबार १ लाख ३० हजार १५ पटकमा सम्पन्न भएको हो।
आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य करिब ९.५ प्रतिशतले उकालो लागेको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँ र कुमारी बैंकको ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
क्षेत्रगत रूपमा हेर्दा १३ उपसमूहमध्ये १० उपसमूहका सूचक बढेका छन् भने ३ उपसमूह घटेका छन्। यस दिन बैंकिङ समूह २.०२ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। साथै विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहमा पनि वृद्धि देखिएको छ।
यता होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहका सूचक भने सामान्य रूपमा घटेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाडा विवाद टुंगो नलागेसम्म उद्योगमा विद्युत् लाइन नकाट्न उद्योग परिसंघको आग्रह
-
आगामी वर्ष १,०४० मेगावाट विद्युत् थपिने, ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधार बनाउछाैँ : ऊर्जामन्त्री श्रेष्ठ
-
नेप्से ५ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
मिटर–ट्रान्सफर्मर आपूर्तिबारे मन्त्री श्रेष्ठको चासो, प्राधिकरणसँग मागे विवरण
-
सुन–चाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
२३ बुँदे प्रतिवेदन : निजी क्षेत्रमाथि प्रश्न, सरकारी कमजोरीमाथि मौनता