बक्यौता रकम नतिरेपछि हुलास स्टीलको लाइन काटियो
जलसरोकार
काठमाडौं: डेडिकेटेड तथा ट्रंक लाइन बापतको बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले थप एक उद्योगको लाइन काटेको छ । प्राधिकरणले सोमबार बारा पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको लाइन काटेको हो ।
उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख पुगेपछि लाइन काटेको प्राधिकराणले जनाएको छ ।
यसअघि प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेसकेको छ । यसमध्ये हिमाल स्टीले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको थियो भने बाँकी उद्योगले हालसम्म तिरेका छैनन् ।
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्