बक्यौता रकम नतिरेपछि हुलास स्टीलको लाइन काटियो
जलसरोकार
काठमाडौं: डेडिकेटेड तथा ट्रंक लाइन बापतको बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले थप एक उद्योगको लाइन काटेको छ । प्राधिकरणले सोमबार बारा पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको लाइन काटेको हो ।
उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख पुगेपछि लाइन काटेको प्राधिकराणले जनाएको छ ।
यसअघि प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेसकेको छ । यसमध्ये हिमाल स्टीले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको थियो भने बाँकी उद्योगले हालसम्म तिरेका छैनन् ।
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा