वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
जलसरोकार
वीरगञ्ज: चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ ।
चालु आवको ११ महिनामा अर्जेेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । सो मुुलुकबाट भित्रिएका सामानको हिस्सा भने आठ दशमलव २७ प्रतिशत छ । त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएका छन् ।
चीनबाट आयात हुनेको हिस्सा भने एक दशमलव २२ प्रतिशत छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा रु पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन् ।
त्यसैगरी, वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । यो नाका हुँदै ११ महिनामा रु ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ । भारत निर्यातको हिस्सा भने ९५ दशमलव ०५ प्रतिशत छ ।
यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ । जहाँ कुल निर्यातको दुई दशमलव ३८ प्रतिशत अर्थात् रु दुई अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ । त्यस्तै अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा रु ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने