विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
५ प्रतिशत बोनस सेयर, शतप्रतिशत हकप्रद (राइट) सेयर जारी गर्ने निर्णय
जलसरोकार
काठमाडौं : आरएम ग्रुप अन्तर्गतको विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सभाले श्री सुदीप आचार्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।
सभाबाट कुशल सुन्दर श्रेष्ठ, धनकुमारी अधिकारी, टम गुरुङ र ओम गुरुङ कम्पनीको सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन्। यस्तै, स्वतन्त्र सञ्चालकका रूपमा सुशील खड्का र सतिश शर्मा चयन भएका छन्।
साधारण सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने तथा शतप्रतिशत हकप्रद (राइट) सेयर जारी गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, कम्पनी स्थापना कालदेखि योगदान पुर्याउँदै आएका सञ्चालकहरू तथा निवर्तमान अध्यक्षलाई कदर पत्रद्वारा सम्मान गरिएको छ।
सभामा नव–निर्वाचित नेतृत्वप्रति बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य