विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
५ प्रतिशत बोनस सेयर, शतप्रतिशत हकप्रद (राइट) सेयर जारी गर्ने निर्णय
जलसरोकार
काठमाडौं : आरएम ग्रुप अन्तर्गतको विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सभाले श्री सुदीप आचार्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।
सभाबाट कुशल सुन्दर श्रेष्ठ, धनकुमारी अधिकारी, टम गुरुङ र ओम गुरुङ कम्पनीको सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका छन्। यस्तै, स्वतन्त्र सञ्चालकका रूपमा सुशील खड्का र सतिश शर्मा चयन भएका छन्।
साधारण सभाले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने तथा शतप्रतिशत हकप्रद (राइट) सेयर जारी गर्ने निर्णयसमेत गरेको छ।
त्यसैगरी, कम्पनी स्थापना कालदेखि योगदान पुर्याउँदै आएका सञ्चालकहरू तथा निवर्तमान अध्यक्षलाई कदर पत्रद्वारा सम्मान गरिएको छ।
सभामा नव–निर्वाचित नेतृत्वप्रति बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा