भोटेकोशी बाढीबाट २५ करोडभन्दा बढीकाे खानेपानी आयोजनामा क्षति
जलसरोकार
काठमाडौं : भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट ती आयोजनामा मात्रै कम्तीमा २५ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आयोजनामा पुगेको क्षतिका कारण एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकामा सञ्चालित खानेपानी आयोजनामा ठूलो क्षति पुर्याएको छ । अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन र खानेपानीका धारासमेत बाढीले बगाएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–१, २ र ५ मा सञ्चालित खानेपानी आयोजना बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । ती आयोजनामा भएको क्षतिका कारण मात्रै ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् ।
त्यसैगरी उत्तरगया गाउँपालिका–३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा पनि बाढीले पूर्णरूपमा क्षति पुर्याएको विभागले जनाएको छ । बाढीले कैदलटार, सिम्ले मुहान र बाँसथलसिमलगायतका आयोजनाका मुख्य तथा शाखा पाइपलाइनमा क्षति पुर्याउनुका साथै खानेपानीका धारा पनि बगाएको छ ।
बाढीका कारण खानेपानीको संरचना नै क्षतिग्रस्त भएपछि प्रभावित बस्तीका नागरिक सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित भएका छन् । खानेपानी सेवा अवरुद्ध हुँदा बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै खानेपानी संरचनाको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ ।
महानिर्देशक श्रेष्ठले बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण तथा प्रभावित क्षेत्रमा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
विभागले क्षतिको विवरण संकलन गरी प्राथमिकताका आधारमा पुनःनिर्माण तथा मर्मतको काम अघि बढाउने तयारी गरेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हिमाल जोगाउने नेपालको प्रस्तावलाई ५३ देशको समर्थन
-
काठमाडौंका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने, भूमिगत लाइन बिछ्याउन प्राधिकरणको काम
-
पश्चिमी र मध्य पहाडी क्षेत्रमा वर्षाको सम्भावना, हिमाली जिल्लामा सतर्कता अपनाउन आग्रह
-
जलविद्युत् सेयरमा कसको दबदबा ? कारोबारदेखि मूल्यवृद्धिसम्म पाँच कम्पनी चर्चामा
-
नेप्से ३१.५४ अंकले बढ्यो, कारोबार ८ अर्ब ५७ करोड
-
भोटेकोशी-त्रिशूली पुनर्निर्माणमा वैज्ञानिक जोखिम अध्ययन र सुरक्षित पूर्वाधारमा जोड