नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित
जलसरोकार
काठमाडौं – नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न सङ्घको २५औँ वार्षिक साधारणसभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित भएका हुन् ।
यस्तै, सङ्घको सदस्यमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दीपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत र सुबोध रिमाल निर्वाचित हुनुभएको निर्वाचन उपसमितिले जनाएको छ ।
नवनिर्वाचित द्वितीय उपाध्यक्ष सुदर्शन बानियाँका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका तथा नपुगेका सुगम र दुर्गम क्षेत्रहरूमा घरेलु सौर्य विद्युत् प्रणालीमार्फत विद्युतीकरण गर्दै स्वास्थ्य, शिक्षा, सिँचाइ, सञ्चार तथा खानेपानी क्षेत्रमा सेवा पु¥याउन सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
सौर्य ऊर्जा उत्पादनमा क्रियाशील संस्थाहरूलाई सङ्गठित गर्ने उद्देश्यले निजी क्षेत्रको पहलमा २०५७ साउन २० गते नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ स्थापना गरिएको थियो। हाल सङ्घमा १३८ उद्योग तथा कम्पनी आबद्ध रहेका छन् ।
सङ्घले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा यस वर्ष रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै