सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भिजन लुम्बिनी ऊर्जा कम्पनीबाट भण्डारी सम्मानित

जलसरोकार
मंगलबार, पुस २२, २०८२ | १२:४७:३२ बजे

बुटबल : निजी जलविद्युत् क्षेत्रमा प्रारम्भकालदेखि अविछिन्न रही ३ दशकभन्दा बढी ऊर्जा क्षेत्रमा क्रियाशील कृष्णप्रसाद भण्डारी भिजन लुम्बिनी र भिजन ऊर्जा कम्पनीबाट सम्मानित भएका छन् ।
भिजन लुम्बिनीले आफ्नो हालै सातौं वार्षिक साधारण सभा आयोजना गरी भण्डारीलाई सम्मान गरेको हो ।
सम्मानित भएपछि समारोहलाई सम्बोधन गर्दै भण्डारीले लुम्बिनी भिजन ऊर्जाका अध्यक्ष जगतबहादर पोखरेलले लुम्बिनी प्रदेशमा जलविद्युत् विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे । ‘लुम्बिनी प्रदेशमा उदीयमान आर्थिक नगरीमा जगत बहादुर पोखरेल जस्तो ऊर्जाशील युवाको आगमनले एकीकृत रुपमा आर्थिक विकास गर्ने गरी ऊर्जालाई नतिजामा बदल्ने खुबी र साहस पोखरेलमा छ,’ उनले भने ।
नेपालले विद्युत् बेचेर मात्र देश धनी हुँदैन स्वदेशमा विद्युत् खपत हुँदैन भन्ने जुन भाष्य खडा भइरहेको छ, यो नेपालको लागि सुहाउने विषय नभएको पनि उल्लेख गरे । 
विद्युत् खपत गर्ने आन्तरिक बजार २० औँ हजार मेगावाटलाई स्वच्छ, हरित ऊर्जा हाइड्रोजन, इलेक्ट्रिक चुलो इभी, पोडवे जस्ता पर्यावरणीय रुपले दिगो र कार्बन कटौती सन्तुलन मिलाउन सक्ने गरी विद्युत् बजारको तयारी अवस्थामा पुग्न सक्नुपर्ने तर्क भण्डारीको थियो ।


कुनै पनि देश विकसित हुनको लागि त्यो देशले विद्युत् खपतको मापदण्ड कसरी तयारी अवस्थामा रहनुपर्छ भन्ने विषयमा समेत भण्डारीले ध्यानाकर्षण गराएका थिए । 
लुम्बिनी प्रदेशमा २०१२ सालमै नर्वेका स्व. अड हप्टनको सहयोगमा स्थापना भएको चर्चा गर्दै भण्डारीले आँधीखोला, झिम्रुक, पाल्पाको तिनाउमा साना जलविद्युत्मा हप्टनले पुर्‍याएको योगदानको चर्चा गरे ।
‘आज नेपालमा विद्युत् ऐन लागू हुनुमा नर्वेजियनहरुको ठूलो भूमिका छ,’ भण्डारीले भने, ‘बुटवल टेक्निकल इन्स्टिच्युट, नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक्स् बुटवलमा नै स्थापना भएको थियो । 
त्यसैको अनुसरणबाट लुम्बिनी भिजनले देशकै आर्थिक रुपमा रुपान्तरण गर्न खोजेको विषयमा भण्डारीले चर्चा गरेका थिए । ‘सामूहिक समृद्धिका लागि सामूहिक लगानी’को मूल मन्त्र मानेको भिजन लुम्बिनीको नेतृत्वमा २५ मेगावाटको सेती खोलामा विद्युत् उत्पादन गरिसकेको छ । त्यसैगरी कास्कीको बज्रमादीबाट ३१ मगावाट जलविद्युत्को शुरुवात भइसकेको छ भने ३.४४ मेगावाट नवबुद्ध तिनाउको समेत शुरुवात भएको छ । 
भिजन लुम्बिनीले एकीकृत  आर्थिक विकासको पाइलामा आफूलाई समर्पित गरेको विषय प्रति भण्डारीले आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए । 
 

प्रकाशित मिति : मंगलबार, पुस २२, २०८२ | १२:४७:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया