सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भक्तपुर सबस्टेसनमा समस्या, बनेपा र पाँचखालमा आज दिउँसो २ बजेदेखि डेढ घण्टा विद्युत् अवरुद्ध हुने

जलसरोकार
मंगलबार, कात्तिक ०४, २०८३ | ०९:३५:१८ बजे

काठमाडौं : भक्तपुर सबस्टेसनको ६६ केभी बसबारमा आकस्मिक समस्या आएपछि मर्मत गर्नुपर्ने भएकाले बनेपा र पाँचखाल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज (कात्तिक २ गते) दिउँसो २ बजेदेखि १ घण्टा ३० मिनेटसम्म बनेपा र पाँचखाल सबस्टेसनबाट वितरण हुने ११ केभी फिडरहरूको विद्युत् सेवा अवरुद्ध हुनेछ।

भक्तपुर सबस्टेसनको बसबारमा आएको समस्याका कारण ६६ केभी भक्तपुर-बनेपा-पाँचखाल प्रसारण लाइन प्रभावित हुने भएपछि मर्मतसम्भारका लागि विद्युत् सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले मर्मतसम्भारका क्रममा विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रकाशित मिति : मंगलबार, कात्तिक ०४, २०८३ | ०९:३५:१८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया