बैंकहरूको शेयर धितो कर्जा ५६ प्रतिशतले वृद्धि, एक वर्षमै एक खर्ब ४० अर्ब
जलसरोकार
काठमाडौं: शेयर धितो कर्जामा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरूको सक्रियता पछिल्लो वर्ष तीव्र बनेको छ । आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म कुल एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ५० अर्ब रुपैयाँले बढी हो ।
यसमा वाणिज्य बैंकहरूको भूमिका बढी देखिएको छ । उनीहरूले मात्रै १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको भन्दा झण्डै ४६ अर्ब बढी हो । विकास बैंकहरूले १९ अर्ब ५४ करोड र फाइनान्स कम्पनीहरूले ४ अर्ब ३५ करोड रुपैयाँको कर्जा उपलब्ध गराएका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने यस अवधिमा शेयर धितो कर्जा नदिएको पाइएको छ । बाँकी अधिकांश वाणिज्य बैंकहरूले लगानी बढाउँदा एनआइसी एशिया बैंकले भने कर्जा कटौती गरेको छ ।
लगानीको परिमाण हेर्दा नबिल बैंक अग्रस्थानमा छ भने नेपाल एसबिआई बैंक पछाडि रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य