राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूबाट दशैं लक्षित सुकिला नोट सटही सुरु
जलसरोकार
काठमाडौं: नेपाल राष्ट्र बैंकसहित देशभरका बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही सुरु गरेका छन् ।
राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा नयाँ नोट सटही सुविधा उपलब्ध गराइएको छ । बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि नोट साट्न सकिने व्यवस्था छ ।
यस पटक बैंकहरूले प्रतिव्यक्ति ५ रुपैयाँदेखि १०० रुपैयाँ दरसम्मका नोट अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म साट्ने सुविधा दिएका छन् । पाँच रुपैयाँ दरका नोट भने नयाँ नै दिइने राष्ट्र बैंकले जनाएको छ ।
नोट सटही असोज १० गतेसम्म चल्नेछ । तर, आन्दोलनको प्रभावका कारण पहिलो दिन सर्वसाधारणको आकर्षण सामान्य मात्र देखिएको छ । गत वर्षदेखि नयाँ नोटको सट्टा केवल सुकिला नोट मात्र सटही गर्ने गरिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य