नेपालबाट बिजुली आपूर्ति गर्न बंगलादेश तयार, प्रतियुनिट ८.१७ टाका निर्धारण


काठमाडौं– बंगलादेशले नेपालबाट प्रतियुनिट ८.१७ टाका (९ रुपैयाँ ३० पैसा) मा बिजुली आयात गर्ने भएको छ । सरकारी खरिद सम्बन्धी मन्त्रिपरिषद् समितिको मंगलबारको बैठकले नेपालबाट प्रत्यक्ष खरिद गरी विद्युत आयात गर्न स्वीकृति दिएको आफूले अनौपचारिक जानकारी पाएको नेपालका ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले जलसरोकारलाई बुधबार बताए ।
सचिव तिवारीकाअनुसार आगामी असार ९–१० मा काठमाडौमा हुने नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा यस सम्बन्धी सम्झौता हुनेछ । उता बंगलादेशी सञ्चार माध्यमले पनि नेपालबाट बिजुली किन्ने त्यहाँको मन्त्री परिषद्ले निर्णय गरेको जनाएका छन् । बंगलादेशको सरकारी खरिद सम्बन्धी मन्त्रिपरिषद् समितिको मंगलबारको बैठकले नेपालबाट विद्युत आयात गर्न स्वीकृति दिएको बंगलादेशी सञ्चार माध्याम बीडी न्यूजले समाचार प्रकाशित गरेको छ । पहिलो चरणमा ४० मेगावाट बिजुली लैजाने निर्णय गरेको हो ।
बैठकपछिको ब्रिफिङमा मन्त्रिपरिषद्को समन्वय तथा सुधार विभागका सचिव महमुदुल हुसेन खानले नेपालबाट बंगलादेश टाका ९ रुपैयाँ ३० पैसामा ( बंगाली टाका ८.१७) मा नेपालबाट बिजुली खरिद गर्ने अनुमति दिइएको बीडी न्यूजले जनाएको छ । पाँच वर्षमा करिब ६ अर्ब ५० करोड र वार्षिक करिब १ अर्ब ३ करोड बंगलादेशी टाका बराबरको विद्युत् खरिद गर्ने निणर्य गरेको बीडी न्यूजले जनाएको छ । भारतीय ग्रिड प्रयोग गरी कुष्टियाको भेरामराबाट बंगलादेशमा विद्युत बंगलादेश जानेछ ।
६ वर्षअघि बंगलादेशले नेपालबाट विद्युत आयात गर्न वार्ता सुरु गरेको थियो । ‘अब नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड र बंगलादेश पावर डेभलपमेन्ट बोर्डले त्रिपक्षीय सम्झौता गर्नेछ । नेपालको विद्युत् नेपालबाट आएकोले भारत हुँदै बंगलादेशमा आएर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ’,सचिव महमुदुलले भने, ‘नेपालबाट भारतको प्रसारण ग्रीड हुदै बंगलादेश आइपुग्नेछ । भारतलाई ०.०५९ रुपैयाँ प्रतियुनिट ट्रेडिङ मार्जिन तिर्नुपर्छ । बंगलादेशले भारतलाई प्रसारणलाइनको शुल्क पनि तिर्नुपर्छ । प्रसारणलाइनको शुल्क तोक्न बाँकी छ’
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अब आउने वर्ष विद्युत् नियमन आयोगले के-के गर्ने भएको छ ?
-
पूर्वसचिवहरू कार्की, तिवारी र भेटुवाल रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा विज्ञ सल्लाहकारमा मनोनित
-
देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
-
प्राधिकरण एमडीको अधिकार खोस्ने ऊर्जा मन्त्री खड्काले ट्रेड युनियनसामु घुँडा टेके (पत्रसहित)
-
सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणालीबाट
-
मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अङ्कको सुधार