नेपालबाट बिजुली आपूर्ति गर्न बंगलादेश तयार, प्रतियुनिट ८.१७ टाका निर्धारण
जलसरोकार
काठमाडौं– बंगलादेशले नेपालबाट प्रतियुनिट ८.१७ टाका (९ रुपैयाँ ३० पैसा) मा बिजुली आयात गर्ने भएको छ । सरकारी खरिद सम्बन्धी मन्त्रिपरिषद् समितिको मंगलबारको बैठकले नेपालबाट प्रत्यक्ष खरिद गरी विद्युत आयात गर्न स्वीकृति दिएको आफूले अनौपचारिक जानकारी पाएको नेपालका ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले जलसरोकारलाई बुधबार बताए ।
सचिव तिवारीकाअनुसार आगामी असार ९–१० मा काठमाडौमा हुने नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा यस सम्बन्धी सम्झौता हुनेछ । उता बंगलादेशी सञ्चार माध्यमले पनि नेपालबाट बिजुली किन्ने त्यहाँको मन्त्री परिषद्ले निर्णय गरेको जनाएका छन् । बंगलादेशको सरकारी खरिद सम्बन्धी मन्त्रिपरिषद् समितिको मंगलबारको बैठकले नेपालबाट विद्युत आयात गर्न स्वीकृति दिएको बंगलादेशी सञ्चार माध्याम बीडी न्यूजले समाचार प्रकाशित गरेको छ । पहिलो चरणमा ४० मेगावाट बिजुली लैजाने निर्णय गरेको हो ।
बैठकपछिको ब्रिफिङमा मन्त्रिपरिषद्को समन्वय तथा सुधार विभागका सचिव महमुदुल हुसेन खानले नेपालबाट बंगलादेश टाका ९ रुपैयाँ ३० पैसामा ( बंगाली टाका ८.१७) मा नेपालबाट बिजुली खरिद गर्ने अनुमति दिइएको बीडी न्यूजले जनाएको छ । पाँच वर्षमा करिब ६ अर्ब ५० करोड र वार्षिक करिब १ अर्ब ३ करोड बंगलादेशी टाका बराबरको विद्युत् खरिद गर्ने निणर्य गरेको बीडी न्यूजले जनाएको छ । भारतीय ग्रिड प्रयोग गरी कुष्टियाको भेरामराबाट बंगलादेशमा विद्युत बंगलादेश जानेछ ।
६ वर्षअघि बंगलादेशले नेपालबाट विद्युत आयात गर्न वार्ता सुरु गरेको थियो । ‘अब नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड र बंगलादेश पावर डेभलपमेन्ट बोर्डले त्रिपक्षीय सम्झौता गर्नेछ । नेपालको विद्युत् नेपालबाट आएकोले भारत हुँदै बंगलादेशमा आएर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ’,सचिव महमुदुलले भने, ‘नेपालबाट भारतको प्रसारण ग्रीड हुदै बंगलादेश आइपुग्नेछ । भारतलाई ०.०५९ रुपैयाँ प्रतियुनिट ट्रेडिङ मार्जिन तिर्नुपर्छ । बंगलादेशले भारतलाई प्रसारणलाइनको शुल्क पनि तिर्नुपर्छ । प्रसारणलाइनको शुल्क तोक्न बाँकी छ’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्