बन्दीपुर केबुलकारको आईपीओ आजदेखि खुल्यो
जलसरोकार
काठमाडौं: आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ (प्राथमिक सेयर) आजदेखि आवेदनका लागि खुला भएको छ ।
कम्पनीको जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँमध्ये २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता सेयर सर्वसाधारण समूहमा छुट्याइएको छ । आयोजना प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सेयर आम सर्वसाधारणका लागि खुला भएको हो ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आवेदन दिने अन्तिम मिति भदौ १५ गतेसम्म रहनेछ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसका लागि मेरोसेयर अनलाइन प्रणाली वा आफ्नो खाता रहेको सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी