बन्दीपुर केबुलकारको आईपीओ आजदेखि खुल्यो
जलसरोकार
काठमाडौं: आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ (प्राथमिक सेयर) आजदेखि आवेदनका लागि खुला भएको छ ।
कम्पनीको जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँमध्ये २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता सेयर सर्वसाधारण समूहमा छुट्याइएको छ । आयोजना प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सेयर आम सर्वसाधारणका लागि खुला भएको हो ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आवेदन दिने अन्तिम मिति भदौ १५ गतेसम्म रहनेछ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसका लागि मेरोसेयर अनलाइन प्रणाली वा आफ्नो खाता रहेको सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य