आरसिओडी मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका निजी प्रवर्द्धकलाई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी) संशोधनका लागि सम्पर्कमा आउन आग्रह गरेको छ।
प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको हो। प्राधिकरणका अनुसार २०७१ भदौ ३१ गते बसेको ६८८औँ बैठकबाट निजी क्षेत्रसँग भएका विद्युत् खरिद सम्झौता (PPA) र ग्रिड कनेक्सन सम्झौतामा उल्लेखित प्रसारण लाइन तथा सवस्टेशन निर्माण कार्य समयमै सम्पन्न नभएकाले मिति संशोधन गर्न लागिएको हो।
आरसिओडी संशोधनका लागि आयोजनाले उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन सम्पन्न भएको प्रमाण तथा निर्धारित समयअघि नै प्राधिकरणमा दिएको आवेदन पेश गर्नुपर्नेछ। साथै, आयोजनाको भौतिक प्रगति र प्रसारण पूर्वाधारको प्रगतिसँग मिल्दोजुल्दो विवरण पनि अनिवार्य गरिएको छ।
निजी क्षेत्रका प्रवर्द्धकहरूले लामो समयदेखि उत्पादन सुरु गर्ने मिति संशोधनको माग गर्दै आएका थिए। सोही मागलाई सम्बोधन गर्दै प्राधिकरणले औपचारिक रूपमा प्रक्रिया अघि बढाएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने