नेपालमा विद्युत् उत्पादन बढ्दा भारतबाट आयात शून्य, २२ हजार मेगावाट घण्टाभन्दा बढी निर्यात
जलसरोकार
काठमाडौँ : नेपालमा विद्युत् उत्पादन तथा उपलब्धता सुदृढ बन्दै जाँदा भारतबाट विद्युत् आयात नगरीकनै आन्तरिक माग धान्न सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा पुगेको छ भने भारतबाट कुनै पनि विद्युत् आयात गरिएको छैन।
प्राधिकरणले हाल २२ हजार १०२ मेगावाट घण्टा बराबर विद्युत् भारततर्फ निर्यात गरिरहेको जनाएको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उत्पादकहरूले ४७ हजार ५६३ मेगावाट घण्टा विद्युत् उपलब्ध गराएका छन्। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीहरूबाट १७ हजार १०८ मेगावाट घण्टा तथा प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा बराबर ऊर्जा उत्पादन भइरहेको छ।
प्राधिकरणका अनुसार कुल राष्ट्रिय विद्युत् माग ५१ हजार ५२७ मेगावाट घण्टा रहेको छ। साँझको उच्च खपत हुने समयमा विद्युत् माग ३ हजार २४८ मेगावाट पुगेको छ। वर्षायामका कारण देशभर विद्युत् प्रणालीमा कुनै अवरोध नरहेको पनि प्राधिकरणले जनाएको छ।
सम्भावित समस्या वा अवरोध उत्पन्न भए तत्काल मर्मतसम्भार गर्न आवश्यक प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। सातवटै प्रदेश कार्यालय तथा काठमाडौँस्थित मर्मतसम्भार टोलीलाई उच्च सतर्कतासहित तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणले विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो र अविच्छिन्न बनाउन आवश्यक निगरानी तथा मर्मतसम्भार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपालमा विद्युत् उत्पादन बढ्दा भारतबाट आयात शून्य, २२ हजार मेगावाट घण्टाभन्दा बढी निर्यात
-
आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
-
जलाशय : बिजुलीभन्दा ठूलो सम्पत्ति पानी हो
-
डिम्याट खाता ८० लाख नाघ्दा करिब २९ लाख निष्क्रिय, ६७ करोडभन्दा बढी कित्ता सेयर अझै भौतिक प्रमाणपत्रमै
-
सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढ्यो, चाँदीमा पनि उछाल
-
प्रवासी नेपालीलाई स्वदेशमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह